स्याटेलाइटबाट लिइएको तस्विरमा भारत र पाकिस्तानमा देखिएको तुवाँलो, बायु प्रदुषण उच्च

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 07:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा ७० गुणासम्म बढी पाइएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ। 

दिल्लीको बायु प्रदुषण भू उपग्रह (स्याटेलाइट) मार्फत हेर्दा समेत तुवाँलोमय देखिएको तस्विर अलजजिराले सार्वजनिक गरेको छ। दिल्लीको बायु प्रदुषणको नाजुक स्तिथिलाई मध्य नजर गर्दै त्यहाँ सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ भने बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरु गर्न पनि रोक लगाइएको छ।

भारतीय मेडिकल संघ (आईएमए)ले जनस्वास्थ्यमा आपतकालको स्थिति आएको भन्दै सरकारलाई प्रदूषणका कारण उत्पन्न जोखिमलाई नियन्त्रण गर्न हर सम्भव प्रयास गर्नका लागि आह्वान समेत गरेको थियो।

दिल्लीमा १९ नोभेम्बरमा आयोजना हुन लागेको हाफ-म्याराथन प्रतियोगिता पनि स्थगित गर्न आईएमएले सुझाएको छ। विश्वकै सबभन्दा प्रदूषित मध्येको एक शहर मानिएको दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको छ। एक जना वरिष्ठ डाक्टरले त्यहाँको प्रदूषणको स्तर भनेको दैनिक ५० खिल्ली चुरोट पिउनु बराबर भएको बताए।

तुवाँलोका कारण उत्पन्न समस्या

तुवाँलोका कारण उत्पन्न समस्यालाई दर्शाउने तस्वीरहरु मानिसहरुले सामाजिक सञ्जालमा राखिरहेका छन्। भारतीय राजधानी दिल्लीमा वर्षेनी खास गरी जाडो महिना शुरु भएपछि बाक्लो तुवाँलो फैलिने समस्या देखिने गर्छ।

गाडीबाट निस्किएका धूवाँ तथा छिमेकी राज्यहरु पञ्जाब र हरियाणामा कृषकहरुले कृषिबालीका ठुटाहरु जलाउने कार्यले वायु प्रदूषण बढाएको बताइएको छ।

साथै कम गतिको हावा, निर्माणस्थलबाट आउने धूलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइएको छ।   स्याटेलाइट मार्फत लिइएको यस तस्विरमा दिल्लीमा देखिएको बाक्लो तुवाँलो भारत हुँदै पाकिस्तान समेत फैलिएको पाइएको छ। 

Smog in Delhi and Lahore


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved