इरान भूकम्प : मृत्यु हुनेको संख्या ३ सय ५० नाघ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 03:55:02 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी इराक र इरानको सीमा क्षेत्रमा ७.३ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३सय ५० नाघेको छ । इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको  ७.३ म्याग्निच्युडको रहेको थियो।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्। थुप्रै गाउँ र शहररुमा विजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा पनि अवरुद्ध भएको छ।  भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा कुवेतमा मानिसहरु बाहिर सडकमा भेला भएको र परकम्प आउन सक्ने डरले आफ्नो घरमा फर्किन डराएको देखिन्छ।

भूकम्पको धक्का कतार र इजरेलसम्म महशुस गरिएको बताईएको छ । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको  छ। सयौ घाइते भएका र उद्दार तथा खोजि कार्य जारि रहेकाले म्र्तकको संख्या बढ्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved