कास्मिरमा भिडन्तः ५ भारतीय सैनिक मारिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 08:06:58 AM मा प्रकाशित

laxmi  sunrise bank

कस्मिरमा भारतीय र पाकिस्तानी सेना बीच गोली हानाहान भएको छ । पाकिस्तानले दोहोरो भिडन्तमा आफ्ना तीन सैनिकको मृत्यु भएको जनाएको छ । दुई देशबीचको नियन्त्रण रेखामा भएको भिडन्तमा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ ।

बीबीसी हिन्दीका अनुसार पाकिस्तानी सेनाले पाँच भारतीय सैनिक मारिएको दावी गरेको छ । पाकिस्तानी सेनाले ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतको कब्जामा रहेको जम्मु–कश्मीरको अनिश्चितताबाट ध्यान हटाउन भारतीय सेनाबाट नियन्त्रण रेखामा गोलीबारी भएको छ । तीन पाकिस्तानी सैनिक शहीद भएका छन् ।’

‘पाकिस्तानी सेनाले पनि प्रभावकारी उत्तर दिएको छ । ५ भारतीय सैनिक मारिएका छन् र अन्य कैयौँ घाइते भएका छन् । बंकर ध्वस्त पारिएको छ । दुवैतिरबाट धेरै गोलीबारी जारी छ’ पाकिस्तानले भनेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved