भारतमा गएको २४ घण्टामा १२ हजार ८८१ नयाँ संक्रमित थपिएका छन् । यससंगै भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या तीन लाख ६६ हजार ९४६ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतम कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३३४ जनाको मृत्यु भएको हो ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १६ हजार ७५२ संक्रमित फेला परेका छन् भने पाँच हजार ६५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५० हजार १९३ संक्रमित फेला परेका छन् भने ५७६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४७ हजार १०२ संक्रमित भेटिँदा एक हजार ९०४ को मृत्यु भइसकेको छ । गुजरातमा २५ हजार ९३ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५६० जनाको मृत्यु भइसकेको छ ।
हालसम्म भारतमा कोरोना भाइरसका एक लाख ९४ हजार ३२५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।