कोरोनाको खोपको समाचारले अमेरिकी र युरोपली शेयरबजारमा उछाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 07:21:20 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस विरुद्धको खोप निर्माणमा अहिलेसम्मकै ठुलो उपलब्धि हासिल भएको समाचारले विश्वका ठुला देशको शेयरबजारमा उछाल आएको छ । कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेको कम्पनी फाईजर इंकले आफुले निर्माण गरेको खोप कोरोना भाइरस बिरुद्द ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको घोषणा गरेसंगै विश्वका शेयरबजारमा उछाल आएको हो।

द गार्जियनका अनुसार खोपबारेको समाचारले लण्डनको एफटिएसई एक्चेन्ज ५.५ प्रतिशतले बढेको छ । त्यहाँ सुचिकृत भएको  जेट इन्जिन निर्माण गर्ने कम्पनी रोल्स रोयको शेयर मूल्य ४५ प्रतिशतले बढेको छ भने ब्रिटिश एयरवेजको प्यारेन्ट कम्पनी आईएजीको शेयर मूल्य ३५ प्रतिसतले बढेको छ । त्यस्तै इन्टरकन्टिनेन्टल होटेलको मूल्य १४ प्रतिशत र व्हाईटब्रेड कम्पनीको मूल्य १६ प्रतिशतले बढेको छ । सिनेमा समबन्धि सेवा दिने सिनेवल्डको शेयर मूल्य पनि ३६ प्रतिशतले बढेको गार्जियनले उल्लेख गरेको छ ।

गार्जियनका अनुसार अमेरिकाको डो फ्युचर इन्डेक्स १५ सय अंकले बढेको छ । त्यस्तै जर्मनीको डिएएक्स इन्डेक्स ५.८ प्रतिशतले र फ्रान्सको सीएसी इन्डेक्स ७ प्रतिशतले बढेको छ । त्यस्तै स्थानीय समय अनुसार बिहान ९:३० बजेदेखि खुल्ने न्युयोर्क स्टक एक्सचेन्ज र त्यहाँ सुचिकृत कम्पनीमा उछाल आउने अमेरिकी संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

शेयरको मात्र नभई कच्चा तेलको मूल्य समेत बढेको छ । ब्रेन्ट क्रूडको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल ४२.६४ डलर पुगेको छ ।  

यो पनि : कोरोनाको खोप निर्माणमा अहिलेसम्मकै ठुलो उ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved