बाइडेनले गरे १.९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 01:58:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले १.९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् । कोरोना भाइरसका कारण सबै क्षेत्रमा मन्दी देखिएपछि बाइडेनले राहत चेक, बेरोजगारी बिमा, साना ब्यापारलाई सहयोग, कोरोनाविरुद्धको खोप र परिक्षणमा थप सहयोगका लागि भन्दै औपचारिक रुपमै नयाँ प्याकेजको घोषणा गरेका हुन् । 

प्याकेजमा १४ सय डलरको राहत रकम समेटिएको छ । बेरोजगारी बिमा रकम अन्तर्गत हप्तामा ३ सय डलर प्रदान गरिएकोमा बाइडेनको प्याकेजमा त्यसलाई ४ सय डलर बनाउने उल्लेख छ । भाडा सहायता कार्यक्रममा २५ सय बिलियन डलर विनियोजन गरिएको छ । 

घरपरिवार विहिनको लागि ५ बिलियन डलर छुट्याइएको छ । सेप्टेम्बरसम्म फुड स्ट्याम्पमा १५ प्रतिशत वृद्धि गर्ने जनाइएको छ । ६ वर्ष मुनिका बालबालिकाको लागि ३६ सय डलर र ६ देखि १७ वर्षसम्मको बालबालिकाको लागि ३ हजार डलर ट्याक्स क्रेडिटमा समावेश गरिएको छ । आकस्मिक तलब बिदाको सुविधा सेप्टेम्बरसम्म लम्ब्याइएको छ ।

जनवरी २० मा बाइडेनले सपथ ग्रहण गरेपछि यी कार्यक्रमको कार्यान्वयन प्रक्रिया अघि बढ्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved