भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी बनिन् मुख्यमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 08:57:35 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरीलाई एक दिनको लागि मुख्यमन्त्री बनाउन लागिएको छ । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको लागि मुख्यमन्त्री बनाउन लागेको हो। राष्ट्रिय बालिका दिवसको अवसरमा २४ जनवरीमा सृष्टिलाई उत्तराखण्ड मुख्यमन्त्री बनाउन लागिएको हो।  

उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुन्। प्रतिकात्मक भएपनि उनले बाल सभा सत्रमा मुख्यमन्त्रीको रूपमा सरकारका विभिन्न विभागको कामका बारे जानकारी लिने छिन्। विभागीय अधिकारीहरूले आफ्नो काम प्रस्तुत गर्नेछन् र सृष्टिले उनको सुझाव दिनेछिन् ।

कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेंद्र सिंह रावत पनि उपस्थित हुनेछन्। यो कार्यक्रम आइतबार दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म आयोजना गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved