जापानमा शक्तिशाली भूकम्पको झड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2021 | 09:14:24 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानमा शनिबार राति कडा भूकम्प गएको छ। स्थानीय समयअनुसार रातिको ११ बजेर १३ मिनेटमा ७।१ रेक्टर स्केलको भूकम्प गएको त्यहाँको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। 

भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट टाढा रहेको फुकुसिमा प्रान्तमा रहेको बताइएको छ। तर सुनामीको चेतावनी भने दिईएको छैन। 

जापानमा रहेका नेपालीहरुले टोकियोमा भूकम्पको झट्का महशुस भए पनि क्षति नभएको बताएका छन्। फुकुसिमामा क्षति भएकोबारे विवरणहरु प्राप्त भइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

सुनामी’को सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ । इपिसेन्टर फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

जापान सरकारले आज गएको भूकम्पलाई लिएर एक टास्क फोर्स गठन समेत गरेको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved