रोनाल्डोको कारण कोकाकोलालाई ४ अर्ब डलर घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 02:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलको फुटबल टिमका खेलाडी कप्तान क्रिस्टियानो रोनाल्डोको कारण कोका – कोला कम्पनीलाई ४ अर्ब डलर बराबरको नोक्सानी भएको छ । रोनाल्डोले एक प्रेष कन्फेन्समा कोकको २ वटा बोतल हटाए पछि शेयर बजारमा कम्पनीको शेयर मूल्य ५६.१० डलर बाट १.६ प्रतिशतले घटेर ५५.२२ डलरमा आएको जनाइएको छ ।  

यो सगैँ कम्पनीको बजार पुँजीकरण पनि घटेको जनाइएको छ । अस्ट्रेलियन एसोशिएटेड प्रेसका अनुसार शेयर मूल्यमा आएको गिरावटले कोका– कोलाको बजार पुँजीकरण २४२ अर्ब डलरबाट घटेर २३८ अर्ब डलर भएको छ ।

रोनाल्डोले युरोकप प्रतियोगिताको खेल अगाडी हुने पत्रकार सम्मेलनमा आफ्नो अगाडी राखेको कोकाकोलाको बोतल हटाएका हुन्। कोका कोला युरो कपको आधिकारिक स्पोन्सर हो ।   स्पोन्सर भएको कारण हरेक पत्रकार सम्मलेन हुँदा प्रयोग गरिने टेबलमा कोकाकोलाको बोतल राख्ने गरिएको छ ।    तर रोनाल्डोले भने ति बोतल हटाईदिएका हुन् ।    उनले कोकाकोलाको बोतल हटाएर पानीको बोतल राखेका थिए ।    साथै पानी पिउन आग्रह गरेका थिए ।   

३६ वर्षीय रोनाल्डो अझै पनि फिट छन् र सक्रिय फुटबल खेलिरहेका छन् ।   उनी आफ्नो फिटनेसप्रति निकै सजग छन् ।  उनले फिटनेशमा ध्यान दिने गरेको र कोक जस्ता पी पदार्थले स्वास्थ्यमा असर गर्ने भएकोले उनी कोक पिउदैनन ।    

युरोकपको पहिलो खेलमा नै उनले २ गोल गरेका थिए ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved