भारतीय कम्पनी पेटिएमले ल्याउने भयो हालसम्म कै ठूलो आईपिओ, खर्ब बढीको आकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2021 | 07:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कम्पनी वान नाईन सेभेन कम्युनिकेशन कम्पनीले भारतीय पुँजीबजारको इतिहास कै ठूलो आईपिओ ल्याउनको लागि अनुमति पाएको छ । भारतको पुँजीबजारको नियामक निकाय सेबीले कम्पनीलाई १६ हजार ६ सय करोड भारु बराबरको आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । यो २.२ अर्ब डलर अर्थात साढे २ खर्ब बढी नेपाली रुपैयाँ बराबरको आकार हो  ।  

यद्यपि भारतको अंग्रेजी अनलाइन इकोनोमिक टाइम्सले आईपिओको आकार बढेर १८ हजर करोड सम्म पुग्ने सक्ने उल्लेख गरेको छ ।  

यो कम्पनीले डिजिटल पेमेन्ट सेवा पेटिएम संचालन गरिरहेको छ । भारतमा सन् २०१३ मा कोल इण्डियाले १५ हजार करोड बराबरको आईपिओ निष्काशन गरेको थियो । सो नै हालसम्मको ठूलो आईपिओ थियो । पेटीएमको आईपिओले १६ हजार ६ सय करोड जुटाएर सो रेकर्ड तोड्ने भएको हो ।

कम्पनीले फ्रेस इक्विटी मार्फत ८३०० करोड र अफर फर सेल मार्फत ८३०० करोड जुटाउने बताईएको छ । पेटीएममा अलीबाबाको एन्ट ग्रुपको २९.७१ प्रतिशत, सॉफ्टबैंक विजन फंडको १९.६३ प्रतिशत, सैफ पार्टनर्सको १८.५६ प्रतिशत र विजय शेखर शर्माको १४.६७ प्रतिशत लगानी रहेको छ। कम्पनीमा एजीएच होल्डिंग, टी रो प्राइज, डिस्कवरी कैपिटल र बर्कशायर हैथवेको १० प्रतिशत भन्दा कम हिस्सेदारी रहेको छ । कम्पनीले आईपिओबाट उठेको रकम कम्पनीको पेमेन्ट इकोसिस्टमलाई थप मजबुत बनाउन र नयाँ बिजनेश इनिशिएटिवमा खर्च गर्ने जनाएको छ। 

कम्पनीको आईपिओ मध्य नोभेम्बरमा भारत दुवै स्टक एक्सचेन्ज अर्थात् बिएसई र एनएसईमा सुचिकृत हुने इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved