श्रीलंकामा सेनाको सुरक्षाघेरामा पेट्रोलियम पदार्थ वितरण, आखिर यस्तो अवस्था किन आयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2022 | 10:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारदेखि श्रीलंकामा सरकारी पेट्रोल पम्पमा सेना तैनाथ गरिएको छ। श्रीलंकामा पेट्रोल डिजेलको चरम अभावका कारण पेट्रोल पम्पमा लामो लाइन लागेको छ। 

भिडमा कुनै पनि प्रकारको अप्रिय घटना नहोस् भन्ने उदेश्यले सेना तैनाथ गरिएको ब्ताइएको छ। श्रीलंकामा पेट्रोल डिजेलको लागि लामो लाइन देखेर सरकारी तेल कम्पनी सिलोन पेट्रोलियम कर्पोरेशनले आफ्नो पेट्रोल पम्पमा सैनिक तैनाथ गरेको हो। 

समाचार एजेन्सी पीटिआईकाअनुसार उर्जामंत्री गामिनी लुकोगेले भनेका छन्, 'पेट्रोल पम्पमा कुनै अप्रिय घटना नहोस्  भनेर हामीले सेनाहरुलाई यहाँ तैनाथ गरेका हौँ। मानिसहरु ठुलो ठुलो क्रेन तथा भाडामा पेट्रोल लगेर यसको व्यवसाय गरिरहेका छन्। हामि चाहन्छौं, पेट्रोल सबैलाई मिलोस्।'

खाना पकाउने ग्याँसको लागि पनि मानिसहरु खालि सिलिन्डर लिएर लाइनमा घन्टौघण्टा उभिएका छन्। पेट्रोल र केरोसिनको लागि लाइनमा उभिएका चार जनाको मृत्यु भैसकेको छ भने एक जनाको मृत्यु लाइनमा लागेका मानिसहरुबीच झगडा हुँदा प्रयोग गरिएको चक्कुबाजीको कारण मृत्यु भएको हो। 

श्रीलंका अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकामा विदेशी मूद्रा संचिति धेरै घटेको छ। जस कारणले पेट्रोल डिजेलको आयातमा श्रीलंकाले समस्या भोगिरहेको छ भने अर्को तर्फ महंगी समेत बढेको छ। 

श्रीलंकामा अन्न, चिनी, सागसब्जीदेखि लिएर औषधि तथा अन्य अति आवश्यक बस्तुहरुको समेत मुल्य चार गुणाले बढेको छ। बिदेशी मुद्रा घट्दै गएकाले श्रीलंका छिमेकी देशहरुबाट समेत यी अति आवश्यक बस्तु किन्न सकिरहेको छैन। 

श्रीलंकाको अवस्था यति खराब भएको छ कि त्यहाँ स्कुलका बिद्यार्थीको परिक्षाको लागि आवश्यक पर्ने प्रश्नपत्र छाप्नलाई कागज किन्ने पैसा समेत छैन। यहि कारणले त्यहाँ अनिश्चितकालसम्मको लागि परिक्षा रद्द गरिएको छ।  

श्रीलंकालाई अहिलेको अवस्थामा अन्न, तेल र औषधि जस्तो आवश्यक बस्तु खरिदको लागि कर्जा लिन बाध्य भएको छ। हालैमा भारतले श्रीलंकालाई एक अर्ब डलर कर्जा दिने प्रतिबद्दता गरेको छ। चीनले पनि अढाई अरब डलर कर्जा दिन सक्थ्यो। तर चीनसँग श्रीलंकाले पहिलेदेखि नै धेरै कर्जा लिइसकेको छ। सन् १९४८ को स्वतन्त्रता पश्चात श्रीलंकाको आर्थिक अवस्था यो स्तरको दयनीय बनेको हो। 

यतिमात्र नभई श्रीलकामा भारि बिजुली कटौती गरिएको छ। मार्चको शुरुवातमा श्रीलंकाले आफ्नो देशमा अधिकतम साढे ७ घण्टासम्म बिजुली कटौतीको एलान गरेका थिए।

श्रीलंकाको केन्द्रिय बैंक र फरवरीको तथ्यांकअनुसार श्रीलंकाको विदेशी मुद्रा भण्डार जनवरी २०२२मा २४.८ प्रतिशतले घटेर २.३६ अर्ब डलर भएको छ। 

रुस युक्रेनको जारी लडाईबाट श्रीलंका अर्थव्यवस्थाको हालत र खराब हुन सक्छ, रुस श्रीलंकाको चियाको सबै भन्दा ठुलो आयातक हो। रुस र युक्रेनबाट बढी जनसंख्या श्रीलंकामा पर्यटकको रुपमा आउने गर्दछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved