ब्रिटेनको निर्बाचनमा सत्तारुढ पार्टीले बहुमत गुमायो, ९ बहालवाला मन्त्री नै पराजित, यस्तो छ अन्तिम परिणाम

बिपक्षी दलका नेता जेरेमी कोर्बिनले मागे प्रधानमन्त्रीको राजिनामा
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 09, 2017 | 03:04:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 ब्रिटेनमा भएको आम निर्बाचनमा कुनै पनि पार्टी स्पष्ट बहुमत प्राप्त गर्न असफल भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टि संसदको ठुलो दलमा यथावत रहेको पनि उसले संसदमा रहेको आफ्नो पकड गुमाएको छ । ६५० सिटको लागि भएको निर्बाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टिले ३१८ सिट पाएको छ भने बिपक्षी लेबर पार्टीले २६१ सिट जितेको छ । १ स्थानको अन्तिम परिणाम भने आउँ बाँकी रहेको बिबिसीले जनाएको छ । 

संसदमा बहुमत ल्याउन ३२५ सिट आवश्यक पर्दथ्यो । त्यस्तै तेस्रो बनेको स्कटिस नेशनल पार्टीले ३५, चौथो बनेको लिबरल डेमोक्र्याटले १२ सिट पाएको छ  । 

कन्जरभेटिभ पार्टीले यस अघि संसदमा भएको बहुमत समेत गुमाएको छ । कन्जरभेटिभ पार्टीले १२ कम सिट जितेको हो । उता बिपक्षी बिपक्षी लेबर पार्टीले पहिले भएको भन्दा २९  सिट बढी जितेको छ  ।  तेस्रो बनेको स्कटिस नेशनल पार्टीले पनि २१ सिट गुमाएको छ  । 

 ब्रिटेनले युरोपेलीसंघ ईयु छोड्ने प्रक्रिया शुरु हुनुअगावै आफ्नो सरकारको बहुमतलाई थप बल पुर्याउने अपेक्षा सहित प्रधानमन्त्री टरिजा मेले तोकिएको समयभन्दा तीन वर्ष अगावै चुनावको आह्वान गरेकी थिइन्। तर उनले चाहना ठिक उल्टो भएको छ। उनको पार्टीले यस अघि कायम सिट मध्ये सिट गुमाएको छ भने बिपक्षी लेबर पार्टीले पहिलेको भन्दा थप सिट बढाएर आफ्नो उपस्थिति झन् बलियो पारेको छ। बिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले मतपरिणामप्रति गर्व लागेको भन्दै प्रधानमन्त्री मे ले जनताको सच्चा प्रतिनिधित्व गर्ने सरकारका निम्ति बाटो छाडिदिनुपर्ने प्रतिक्रिया दिएका छन्। तर तेरिजा राजिनामा दिने मनस्थितिमा छैनन्  । सत्तारुढ दलका ९ जना बहालवाला मन्त्री नै निर्बाचनमा पराजित बनेका छन् ।

कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेपछि दुई ठुला पार्टीले अन्य दलसँग मिलेर सरकार गठन गर्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved