कारोबार भएकै दिन पैसा र शेयर पाईने 'टि प्लस जिरो' कार्यान्वयन गर्ने तयारीमा भारत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 09:34:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय शेयरबजारको नियामकीय निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेबी)ले 'टि प्लस जिरो' सेटलमेन्ट साइकलको लागि तयारी भईरहेको जनाएको छ। सेबीकी अध्यक्ष माधवी पुरीले  'टि प्लस जिरो' सेटलमेन्ट साइकलको लागि सेबीले तयारी गरिरहेको बताएकी हुन् ।

उनले तत्काल राफसाफ हुने गरि 'टि प्लस जिरो' सेटलमेन्ट साइकलको लागि तयारी भईरहेको बताएकी हुन् । उनले भनिन् ' हामीलाई लागिरहेको छ कि हामी तत्काल राफसाफ हुने दिनबाट टाढा छैनौ, हामी यसको लागि तयारी गरिरहेका छौ, निकट भविष्य मै कारोबार बह्येकै दिन राफसाफ गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ '। 

युनिफाईड पेमेन्ट इन्टरफेस (युपीआई) अन्तर्गत को रियल टाइम पेमेन्ट सिस्टमबाट कारोबार भएकै दिन राफसाफ सम्भव हुने उनको भनाई छ । अर्को आर्थिक वर्षवर्षसम्म कारोबार भएकै दिन राफसाफ गर्ने व्यवस्थाको सुरुवात गर्न सकिने उनले बताईन् । दोस्रो बजारमा पनि आश्वा पूर्ण रुपमा कार्यान्वयन आएपछि र युनिफाईड पेमेन्ट इन्टरफेस (युपीआई) को सहयोगमा  'टि प्लस जिरो' सेटलमेन्ट कार्यान्वयन गर्न सकिने सेबीको विश्वास छ ।  

हाल भारतमा 'टि प्लस वान ' सेटलमेन्ट साइकल प्रयोगमा छ । इण्डियन एक्सप्रेसका  'टि प्लस वान ' सेटलमेन्ट साइकल प्रयोग गर्ने भारत विश्वको दोस्रो देश हो, चीनमा पनि  'टि प्लस वान ' सेटलमेन्ट साइकल प्रयोगमा छ। टि ले कारोबार भएको दिन जनाउछ भने त्यसपछिको अंकले राफसाफ हुने दिन जनाउछ । अर्थात्  'टि प्लस वान ' भनेको शेयर कारोबार भएको १ दिन भित्रमा बेच्नेले पैसा पाउने र किन्नेले शेयर पाउने व्यवस्था हो।  'टि प्लस टु' भनेको कारोबार भएको २ दिनमा शेयर र रकम राफसाफ हुने अवस्था हो । 

अब भने सेबीले   'टि प्लस जिरो' अर्थात् कारोबार भएकै दिन राफसाफको व्यवस्था गर्ने तयारी गरेको हो । यसो भएमा कारोबार भएकै दिन  बेच्नेले पैसा पाउनेछन् भने किन्नेले शेयर पाउने छन्। 

सेबी अध्यक्ष माधवीले  'टि प्लस जिरो' कार्यान्वयन गर्न सकेमा यसले भारतीय पुँजीबजारमा क्रान्ति ल्याउने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । माधवी सेबीको नेतृत्व गर्ने पहिलो महिला हुन् । उनी सन् २०२२ मार्च १ मा ३ वर्षको लागि सेबीको अध्यक्ष भएको हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved