बिजपाटी सम्बाददाता     Apr 28, 2019 | 04:47:18 PM



एशियन लाईफ ईन्स्योरेन्स Asian Life Insurance Company Limited को बीमा सुविधा लक्ष्मी बैंक Laxmi Bank Limited बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्यारेन्सबीच जीवन बीमा सेवा सम्बन्धी संझौता भएपछि लक्ष्मीले एशियन लाईफको बीमा पोलिसी विक्री गर्नेछ । 

संझौतापत्रमा ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे । लक्ष्मी बैंकको १०१ वटै शाखाहरुबाट एशियन लाईफले ल्याएका जीवन बीमा योजनाहरु विक्री हुने जनाईएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7