मर्जर प्रस्ताव पारित गर्न सारथीको विशेष साधारणसभा आह्वान, मर्जपछि हकप्रद र एफपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 09:18:30 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रस्ताव पारित गर्न सारथी लघुवित्तले विशेष साधारणसभा आह्वान  गरेको छ । कम्पनीले असार ५ गते शुक्रबार बसुन्धाराको दियालो फुडल्याण्डमा सभा आह्वान गरेको हो ।

सभाले नयाँ नेपाल लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्ने छ । दुई कम्पनी १:१ को स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन्  । त्यस्तै सभाले डिडिए प्रतिवेदन पारित गर्नुको साथै मर्जर समबन्धि आवश्यक कार्य गर्ने अख्तियारी प्रदान गर्ने छ । त्यस्तै मर्जरपछि १:१ को अनुपातमा हकप्रद र त्यसपछि एफपीओ निस्काशन समबन्धि प्रस्ताव पनि सभामा पेश हुने छ ।  मर्जरपछि संस्थापक र सर्वसाधारणको शेयर रेसियो ७०:३० कायम गरिने र त्यो अनुपात मिलाउन आवश्यक मात्रमा एफपिओ निष्काशन गर्ने सहमति यस अघि नै भएको थियो । 

मर्जरपछि बन्ने कम्पनीको नाम  सारथी नेपाल लघुवित्त रहने भएको छ  । मर्जरपछि अध्यक्ष नयाँ नेपालबाट हुने सीइओ सारथीबाट हुने भएका छन्  । हाल सारथीको चुक्ता पुँजी ८ करोड १० लाख रहेको छ।  कम्पनी २२ प्रतिशत हकप्रद दिएर मर्जमा जाने भएको हो । त्यस्तै नयाँ नेपालको चुक्ता पुंजी १० करोड रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved