पहिलो पटक ‘यार्न एण्ड टेक्स्टायल एक्स्पो’ भदौ ३० देखि भृकुटीमण्डपमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 05:55:42 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक ‘यार्न एण्ड टेक्स्टायल एक्स्पो’ हुने भएको छ। एक्स्पो भदौ ३० देखि असोज ३ सम्म राजधानीको भृकुटीमण्डपमा हुने आयोजक नेपाल  धागो उत्पादक संघले जनाएको छ। 

नेपालमा उत्पादित धागोबाट तयार गरिएका कपडा, होजियरी, सर्टिङसुटिङ, निटिङ्ग जस्ता वस्तुहरुको प्रचार प्रसार एवं बिक्री वितरण गर्ने उदेश्यले एक्स्पोको आयोजना गरिएको हो। 

एक्स्पोमा मार्फत स्वदेशमा रहेको विभिन्न कपडा, होजियरी र निटिङ्ग उद्योगहरुको लागि आवश्यक पर्ने सम्पुर्ण ग्रे तथा रंगिन धागो, आधुनिक मेसिनहरुको बारेमा पनि मेलामा जानकारी पाइने संघले जनाएको छ।

यस संघमा आबद्द उद्योगहरुले पोलिष्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र व्लेण्डेड रंगिन तथा सादा गरी हाल वार्षिक रुपमा करिब ४० हजार मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेका छन। उत्पादित धागो माध्ये ८० प्रतिशत निर्यात र २० प्रतिशत स्वदेशमै खपत हुने गरेको संघले जानकारी दिएको छ।

भारतमा मात्रै नभई हाल तेश्रो मुलुकमा समेत निर्यात भइरहेको संघका अध्यक्ष पवन गोल्याणले जानकारी दिए। यस उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा करीब ५० हजार जना संलग्न रहेको अध्यक्ष गोल्याणले बताए।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved