३ बुंदे सहमतिपछी अब बागलुङको बलेवा विमानस्थलमा नियमित उडान हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 14, 2018 | 05:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चैतको पहिलो सातादेखि बागलुङको बलेवा विमानस्थलमा नियमित उडान हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण बबरमहलमा आज भएको छलफलले बलेवा विमानस्थलमा नियमित उडान गर्ने निर्णय गरेको हो । 

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल र उपमहानिर्देश नरेन्द्र थापा, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र निवर्तमान सांसद प्रकाश पौडेल तथा नेपाल वायु सेवा निगम, तारा एयर, मकालु एयर, सिम्रिक एयरका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

छलफलमा ३ बुंदे सहमति भएको छ । जसअनुसार प्राधिकरणले एयरपोर्टको मर्मतसंभार र उपकरणसहितको आवश्यक भौतिक व्यवस्था र कर्मचारीको खटनपटन गर्नेछ । यस्तै, नेपाल वायुसेवा निगम र तारा एयरले हप्ताको एकपटक नियमित उडान भर्नेछ । 

यात्रुको सुनिश्चितता र व्यवसाय विस्तारमा सहयोग पुर्याउने काम बागलुङ नगरपालिकाले गर्नेभएको छ  । बागलुङबासीले लामो समयदेखि एयरपोर्ट संचालनको माग गर्दै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved