फेरी बढ्यो डिजेल, पेट्रोलको मूल्य, हेर्नुहोस अब कति पुग्यो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 17, 2018 | 05:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।

निगमले दिएको जानकारी अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बढेको मुल्य बुधबार राति १२ बजेबाट मूल्य लागू हुने निगमले जानकारी दिएको छ।  

भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको निगमको भनाई छ। नयाँ मुल्य अनुसार पेट्रोल एक लिटरलाई १०३ तथा डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१-८१ रुपैयाँ पुगेको छ। निगमले गत पुस १७ गते मात्रै इन्धनमा मूल्यवृद्धि गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved