जागिर 'बचाइदिन' भन्दै सर्वोच्च पुगे राष्ट्र बैंकका ३ निर्देशक, आयोग बिरुद्द रिट दायर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 26, 2018 | 05:22:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न माग गरिएको छ ।

बैंकको विनियमावलीमा भएको ३० वर्षीय सेवावधि हटाउन बैंक सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आयोगले दिएको सुझावसमेत गैरकानूनी भएको निवेदनमा जिकिर गरिएको छ ।

पुराना कर्मचारीको अनुभव र आवश्यकतालाई मनन गरी विद्यमान ३० वर्षीय सेवावधिमा अनिवार्य अवकाश लिनुपर्ने प्रावधान हटाउने निर्णय बैंक सञ्चालक समितिले गरेको थियो । समितिको निर्णय तत्काल कार्यान्वयन गर्न नहुने सुझाव आयोगले दिएपछि बैंकका १५० कर्मचारी अवकाशमा पर्ने भएकाछन् । 

वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू हुँदा विसं २०५८ ताका बैंकमा ५८ वर्ष उमेर या ३० वर्षीय सेवावधिमध्ये जुन पहिला आउँछ त्यसैमा अवकाश दिने नीति लिएको थियो । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved