भक्तपुर र ललितपुरमा बन्ने नयाँ शहरको डीपीआर बनाउने कम्पनी छनोट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 05:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुर र ललितपुरको १०–१० हजार रोपनी जमिनमा निर्माण गर्न लागेको नयाँ शहरको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गर्ने कम्पनी छनोट गरेको छ । 

भक्तपुर र ललितपुरमा नयाँ शहरको डीपीआर तयार पार्ने कम्पनी छनोट गरिएको काठमाडौं उपत्यका विकास प्राधिकारणका प्रमुख आयुक्त डा. भाईकाजी तिवारीले जानकारी दिए । 

‘नयाँ शहरको डीपीआर निर्माणका लागि बुधबार परामर्शदातासँग सम्झौता गरिएको छ, उनीहरुले एक बर्षभित्रमा डीपीआर तयार पार्नेछन्,’ आयुक्त तिवारीले भने ।

भक्तपुर र ललितपुर दुवै जिल्लाको नयाँ शहरको डीपीआर निर्माण गर्ने जिम्मा इआरएमसी–एइएसटी–एडीए जेभीले पाएका हुन् । काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरणलाई व्यवस्थित बनाउनका लागि प्राधिकारले उपत्यकाको ३ जिल्लाको १ लाख ३० हजार रोपनी क्षेत्रफलमा ४ स्थानमा नयाँ शहर निर्माण गर्न लागेको हो ।

काठमाडौं जिल्लाको १ लाख रोपनी क्षेत्रफलमा निर्माण गर्ने भनिएको नयाँ शहरको डीपीआर तयार गर्ने कम्पनीको मूल्याङकन जारी रहेको प्राधिकारले जानकारी दिएको छ । 

काठमाडौं जिल्लाकै १० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डीपीआर प्रकृयाका लागि पुन टेण्डर प्रस्ताव गर्ने तयारीमा प्राधिकारण छ । यस अघिको टेण्डर प्रकृयामा प्राविधिक त्रुटी देखिएकाले पुन टेण्डर प्रकृयामा जाने तयारी गरिएको प्राधिकारणले जानकारी दिएको छ ।

यी हुन् डीपीआर तयार हुने दुई नयाँ शहर 

काठमाडौं आग्नेय (पुर्व–दक्षिण)

यो भक्तपुरको भुभागलाई समेटेर बन्न लागेको नयाँ शहर हो । यो काठमाडौको पुर्व–दक्षिण दिशामा पर्छ । त्यसै गरी १० हजार रोपनी क्षेत्रफलमा फैलने छ । पूर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि मन्दिरसम्म,सुर्यविनायक बनलाई बाहिर पार्दै शहर निर्माण हुनेछ ।

पश्चिममा खहरेखोला,बालकोट विरुवासडक,पानी टंयाकी अमरनगर,ठिमीहुदै अरनिको राजमार्ग सिमानालाई छुनेछ। शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ । दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट, जंगलछेउ, अनन्त लङगेश्वर, फेदी, तर्खगाल, पात्लेश्वर,विरुवाहुँदै खहरेसम्म पुग्नेछ ।

काठमाडौ नैऋत्य (दक्षिण–पश्चिम)

१० हजार रोपनी क्षेत्रफलमा फैलने यो शहरको नाम काठमाडौं नैऋत्यु राखिएको छ । यो ललितपुरलाई समेटेर निर्माण हुने शहर हो

पुर्वमा छ्यासिकोटदेखि साविकको संबु गाविसको सिमानाहुँदै फर्सिडोल बागमती नदिको झोलुङगे पुल सम्म पुग्नेछ । त्यस्तै पश्चिममा बागमती नदिको सिमानासम्म तथा उत्तरमा सैबु गाविसको सिमाना नै छुनेछ । दक्षिणतर्फ भने बागमतीसम्म फैलने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved