बाम घोषणापत्रको बिरुद्दमा अर्थमन्त्री खतिवडा, वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता रोक्ने तयारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 07:33:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडा बाम गठबन्धनको घोषणापत्रको बिरुद्दमा उभिएका छन। जुन नाराका कारण बाम गठबन्धनले प्रष्ट बहुमत ल्याउन सफल रह्यो सांसद नबनी सिधै अर्थमन्त्री बनेका खतिवडाले एमाले माओवादीको त्यहि नीतिको बिरुद्दमा अभिव्यक्ति दिएका छन। 

संयुक्त घोषणा पत्र बनाएर चुनावमा गएका एमाले र माओवादीले मासिक दुई हजार रहेको वृद्धभत्तालाई बढाएर ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेको थियो । तर घोषणापत्र निर्माणमा महत्त्वपूर्ण योगदान दिएका खतिवडाले अर्थमन्त्री बनेलगत्तै घोषणापत्रको बिपरित गएर सामाजिक सुरक्षा भत्ता नगदमै बाँडन नहुने बताएका छन। 

बुधबार अर्थमन्त्रालयमा आयोजित बजेटको मध्यावधि समिक्षा कार्यक्रममा बोल्दै ड़ा खतिवडाले अब सामाजिक सुरक्षा नगदमा बाँड्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । 

खतिवडाले भने, 'सामाजिक सुरक्षाका मामिलामा हामी अलि उदार भएकै हो, यसको थोर बहुत जस अपजस म पनि लिन्छु, तर अब यसलाई हामीले सुदृढीकरण र एकीकृत गर्नुपर्छ।' 

उनले अगाडी भने,'सामाजिक सुरक्षाका नाममा नगदमात्रै बाँडने कुरा होइन । यसका विभिन्न आयामहरू छन्, चाहे स्वास्थ्य विमा होस्, चाहे आवास सुविधा होस् वा सुपथ मूल्यमा खाद्यान्न सुविधा होस्, चाहे शिक्षा, स्वास्थ्य लगायतका अरु प्रकारका अवसरहरू हुन् । यी सबै कुरालाई हामी सामाजिक संरक्षणका दायरामा ल्याएर । सामाजिक सुरक्षाका नाममा भएको नगद प्रवाहमात्रै हामीले गरेका छौं, त्यसलाई हामीले व्यवस्थित गर्नुछ, नगदले अलि अव्यवस्थित भयो ।'  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved