नेपालमा लगानी गर्न चिनीया लगानीकर्तालाई उद्योग बाणिज्य संघी अध्यक्ष राणाको आग्रह

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 05:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले चिनीया लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् । १३ औं चीन–दक्षिण एशिया व्यवसाय फोरम (13th China-South Asia Business Forum-CSABF)  को बैठकलाई चीनको यूनान प्रान्तको कुनमिङमा आज संबोधन गर्दै उनले चीन सरकारले अगाडी सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (Belt and Road Initiative-BRI)  अभियानले रोजगारी सृजना, पूजी बृद्धि, नविनतम प्रविधिको विकास मार्फत चीन तथा दक्षिण एशियाली नागरिकको जीवनस्तर उच्च बनाउने विश्वास व्यक्त गरिन् । 

बीआरआई अभियान चीन तथा दक्षिण एशियाली राष्ट्रहरूसँग दक्षिण पूर्वी एशिया, मध्य एशिया, यूरोप, अफ्रिका र बाँकी भूभाग बीच सम्पर्क स्थापित गर्न र विश्वको अर्थतन्त्रलाई जोड्ने शताब्दीकै महत्वपूर्ण आधार हुने विश्वास राणाको भनाई छ । राणाले चिनिया लगानीकर्ताहरुलाई चीन तथा बीआरआईसँग जोडिएका देशहरूमा खपत हुन सक्ने वस्तुहरू उत्पादन गर्ने गरि नेपालमा लगानी गर्न आग्रह गरिन् । 

अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद (China Council for the Promotion of International Trade–CCPIT)  यूनान उपपरिषद र सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI)  द्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त फोरमको बैठकमा भाग लिन महासंघका अध्यक्ष राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल चीनको यूनान प्रान्तमा रहेको छ । 

नेपाल लगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरू, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू सहभागी सो फोरमको यस बर्षको प्रमुख विषय सेपिङ फ्यूचर टुगेदर– इण्डष्ट्रियल कोअपरेशन अफ म्यूचियल ओपनिङ (Shaping Future Together–Industrial Cooperation of Mutual Opening) रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved