पर्यटन मन्त्रीको ब्रिफिङ: आईकाओले नेपाललाई कालो सूचीबाट हटायो, ईयुबाट पनि ३ महिनामा हट्छ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 22, 2018 | 02:33:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको कालो सूचीबाट हटेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराए। 

अधिकारिले नेपालले आइकाओको उडान सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको बताए। सन् २०१३ मा आइकाओले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको मुलुकको सूचीमा राखेको थियो ।   

आइकाओको उडान सुरक्षाको मापदण्ड विश्व सरदर ६० प्रतिशतको तुलनामा नेपालको ६६ दशमलव ०८ प्रतिशत पुगेको छ । सुरक्षा मापदण्ड पूरा गरेकाले नेपालले अन्तराष्ट्रिय नागरिक उड्डयन आइकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड पाएको पनि मन्त्री अधिकारीले जानकारी दिए। 

उनले युरोपियन युनियनको सूचीबाट पनि ३ महिनाभित्र नेपाल हट्ने आश्वासन दिए। युरोपियन युनियनबाट समेत २०१३ डिसेम्बरदेखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोकावट गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved