द्वन्दकालमा विस्थापित नेपाल बैंकका ४ शाखा कार्यालय पुन:संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 10:15:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले बिगतमा बिस्थापित ४ वटा शाखाहरुलाई पुनस्थापना गरेको छ। बैंकले स्याङ्गजाको चापाकोट स्थित सुन्तलेटार शाखा, तनहुँको  खैरनीटार स्थित खैरनीटार शाखा, बाँकेको कोहलपुर स्थित कोहलपुर शाखा तथा वाग्लुङ्गको हरिचौर स्थित गलकोट शाखा सञ्चालन गरेको हो। 

विगतको द्वन्दकालमा सुरक्षाको कारणले विस्थापित भएका बैंकका शाखाकार्यलय संचालनमा आएसंगै स्थानीय ग्राहकहरु लाभान्वित भएको बैंकले जनाएको छ। बैंकले ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गरी व्यवसायलाई विस्तारित गर्ने क्रममा उक्त शाखाहरुको पुनस्थापना गरेको बैंकले बताएको छ 
 
हालै पुनस्थापित शाखाहरु सहित हाल बैंकले १३० वटा शाखाहरु मार्फत आधुनिक एवं सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा व्यावसायिक सम्भाव्यताको आधारमा देशको ग्रामीण एवं शहरी क्षेत्रमा आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं शाखा पुनस्र्थापना गर्दै लैजाने योजना रहेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved