पुष ९ देखि नेपालमै उत्पादित न्यानो कपडाहरुको मेला सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 08:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यानो कपडाहरुको मेला सुरु हुने भएको छ। एस एण्ड एस गार्मेन्ट प्रालिद्धारा उत्पादन गरिएका कपडाहरुको मेला पुष ९ गते शनिबार देखि सुरु हुने भएको छ। 

स्वदेशमै रोजगारीको अबसर सृजना गर्दै नेपालमै उत्पादित गुणस्तरीय कपडाको प्रयोग गराउने मुख्य लक्ष्यका साथ कपडाहरुको मेला पौष ९ गते शनिबार कुलेश्वरस्थित गौतमश्री कम्प्लेक्समा गर्न लागिएको एस एण्ड एस गार्मेन्टका बजार प्रबन्धक रामेश्वर रिमाल बताए। 

जाडो तथा गर्मीका लागि कपडा उत्पादन गर्दै आएको गौतम श्री ग्रुपद्धारा संचालित एस एण्ड एस गार्मेन्टले स्कुल, कलेज, संघ सस्थाहरुका लागि पनि अर्डर अनुसारका कपडा तयार गर्दै आएको छ । 

नेपालमा उत्पादन गरिएको गार्मेन्ट प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ सर्वसाधारणलाई मेलामा सहभागि हुन गार्मेन्टले आब्हान गरेको छ । एक दिनका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म बिशेष छुट गरेर कपडाको कारोबार गर्न लागेको यो तेस्रो पटक हो । यस अघि पनि गार्मेन्टले पहिलो र दोस्रो ब्यापार मेला गरिसकेको छ ।  यो गार्मेन्टले उपत्यकाका अन्य स्थानमा पनि कपडा ब्यापार मेला गर्ने योजना बनाएको छ । 

अन्य जानकारीका लागि :बिकास चौधरी ९८०१२४७१२२

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved