कमिसन दोब्बर नबनाए सरकारलाई नै तालाचाबी बुझाउने महासंघको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 09:02:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्यास बिक्रेता महासंघले सरकारसंग ग्यासमा लगाइएको भ्याट हटाउनु पर्ने सहितका ७ बुंदे माग राखेको छ।  आफ्ना विभिन्न ७ बुँदे माग पुरा नभए डिलरहरले सरकारलाई नै तालाचाबी बुझाउने चेतावनी महासंघले दिएको छ ।

महासंघले प्रति सिलिन्डर ग्यास मूल्यको ५ प्रतिशत वृद्धि गर्नु पर्ने माग गरेको छ।  उसले अहिले पाउँदै आएको प्रति सिलिन्डर ३२ रुपैयाँ कमिशनलाई बढाएर ६७ रुपैयाँ बनाउन माग गरेको हो।   

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ६ वर्षदेखि कमिसन नबढेकाले यो पटक माग सुनुवाइ नभए ग्यासको वितरण ठप्प पार्ने चेतावनी दिए । त्यस्तै तत्काल डिलरको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने माग पनि अघि सारिएको अध्यक्ष अर्यालले बताएका छन्।

महासंघले अघि सारेका अन्य मागहरुमा डिलर र डिलरमा काम गर्नेहरुको बिमा हुनुपर्ने, व्यवसायीमाथि थोपरिएको झुठा मुद्दा तत्काल फिर्ता लिनुपर्ने, डिलरलाई इजाजत दिँदा तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनु पर्ने लगायतका रहेका छन। 

माग पुरा नभए आगामी पुस २९ देखि ग्यास उद्योगमा धर्ना तथा तालाबन्दी गर्ने, नेपाल आयल निगम घेर्ने कार्यक्रम सार्वजनीक गरेको छ। महासंघले  आफ्नो माग सम्बोधन नभए ग्यासको बिक्री वितरण रोक्ने चतावनी दिएको छ ।

दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि, घर भाडामा भएको वृद्धि, कामदारहरुको तलव वृद्धिले आफ्नो व्यवसायमा असर परेको र अहिले पाईरहेको कमिसन अपुग भएको ग्यास बिक्रेताको तर्क छ। आयल निगममा बिक्रेताहरुले आफ्ना मागसहित ज्ञापनपत्र पेश गरिसकेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved