१ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2016 | 11:01:35 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५२  हजार ७  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५३  हजार मा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी स्थिर रहदै ७ सय  ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

 

यो साताभरमा छापावाल सुनको मूल्य १ हजारले बढेको छ।  साताको पहिलो दिन आइतबार १० गते ५२ हजार रहेको छापावाल आज अन्तिम दिन शुक्रबार ५३ हजार पुगेको छ ।

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ४   सय ४० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५  हजार २   सय २५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६  रुपियाँमा कारोबार भई रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved