उद्योग मन्त्री जोशी: स्टन्टमा सफल,काममा असफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 03:51:24 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगमन्त्री नविन्द्र राज जोशीको रुग्ण उद्योग छिट्टै संचालन गर्ने उद्घोस भाषणमै सिमित हुने संकेत देखिएको छ। छोटो समयका लागि मन्त्री बनेका भएपनि केहि गर्लान कि भन्ने अपेक्षा गरिएका मन्त्रीबाट गफ मात्र बढी भएको र काम केहि नभएकोमा उद्योग मन्त्रालयका कर्मचारी सन्तुष्ट हुन् सकेका छैनन। 

प्रत्येक नयाँ दिन एउटा नयाँ 'स्टन्ट' गर्ने तर पुराना स्टन्ट बिर्सिदै जाने बानि मन्त्रीज्यूको रहेको मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुले बताउन थालेका छन। ६ महिना अघि मन्त्री बन्नासाथ नेपाल औषधि लिमिटेड संचालन गर्ने घोषणा गरेका र त्यस लगत्तै हेटौडा कपडा उद्योग संचालनको प्रक्रिया अगाडी बढाउने प्रतिबद्दता जनाएका तर प्रगति भने नदेखिएकाले मन्त्रीको विश्वसनीयता समेत घटेको बताइएको छ। 

अर्थ मन्त्रालयसंगको समन्वयको अभाबमा औषधि लिमिटेड संचालन हुन सकेको छैन। उद्योगले अर्थसंग उक्त उद्योग संचालनका लागि १४ करोड रुपैयाँ माग गरेपनि अर्थले उक्त रकम निकासा दिएको छैन। 

निजीकरण सम्बन्धि ऐनको बन्दोबस्त देखाएर अर्थले उद्योगको माग अनुसारको रकम दिन नसकिने बताएको छ। उद्योग मन्त्रालय र अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुको राय तथा सहमति नलीईकन मन्त्रीज्युले बोलिहाल्नु भयो अहिले त्यहि बोलि तातो दुध भएको छ, अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बिजपाटीलाई बताए। 

एकातिर औषधि लिमिटेड संचालन गर्न नसकेकोमा मन्त्रीको आलोचना भईरहेको छ भने अर्कोतिर हेटौडा कपडा उद्योगको संचालन पनि गफमै सिमित भएको छ। नेपाली सेनाले संचालन गर्न चाहेको उक्त उद्योगमा सेनाको प्रवेशलाई रोक्न सरकार आफैले संचालन गर्ने भनीएपनि कुनै काम अगाडी नबढेको उद्योग श्रोतले बताएको छ। 

अर्थमन्त्री कृष्ण बहादुर महरा र सेनाका लागि खाद्यान्न, लत्ताकपडा आपूर्ति गर्ने ठेकेदारको अवरोधमा उक्त उद्योग सेनालाई नदिईएको हो। त्यसमाथि सेनाको 'भण्डार' हेर्ने अधिकारी पनि हेटौडा कपडा सेनाले संचालन गर्न नहुने पक्षमा रहेपछि उक्त उद्योग न सरकारले नै संचालन गर्न सक्यो, न त सेनाले प्राप्त गर्यो-उद्योग सम्बन्ध श्रोतले बताएको छ। 

पुराना उद्योग संचालन गर्न खोज्नु लागत बढाउनु मात्रै हो : झा 

 पुर्व उद्योग मन्त्री अनिल कुमार झाले पुराना आउटडेटेड उद्योग संचालन गर्न खोज्नु मुर्खता हुने बताएका छन। 'अहिले प्रतिस्पर्धाको जमानामा पुराना उद्योग चलाएर उत्पादन लागत बढाउनु बाहेक अरु केहि फाइदा हुँदैन' झाले बताए। मकाएका र म्यानुअल उद्योग संचालन गरेर केहि मुठीभर मान्छे बाहेक कसैलाई फाइदा नहुने झाको तर्क छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved