पाल्पाको रामपुरमा एचएच बजाजको नयाँ शोरुम संचालनमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2017 | 04:05:26 AM मा प्रकाशित

laxmi  sunrise bank

पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले पाल्पाको रामपुर–७ मा नयाँ शोरुम संचालनमा ल्याएको छ। आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम मनकामना अटो वक्र्स संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।    

एचएच बजाज आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्ता नगर्नका लागि सँधै प्रतिबद्ध रहेको कम्पनीको दाबी  छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने छ । 

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने ‘हामी पाल्पामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले पाल्पामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहनेमा म विश्वस्त छु ।’

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved