रेनाेका क्विड र डस्टरका गाडी किन्दा कति छ मासिक किस्ता ?     

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 07:20:06 AM मा प्रकाशित

laxmi  sunrise bank

रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्सले (विशाल समूहको सहायक) 'रेनोल्ट वाउ अफर' सार्वजनिक गरेको छ । कम्पनीले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको जनाएको छ। 

‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित आएको यो अफर यहि साता देखि लागु हुने छ।

कम्पनीका अनुसार रेनोको क्विड र डस्टर गाडी किन्दा न्यूनतम मासिक किस्तामा क्रमशः २८ हजार दुई सय र  १३ हजार तीन सय ५७ रुपैयाँ तिर्नुपर्नेछ। यसको लागि ८.९९% वार्षिक ब्याज दरमा ग्राहकहरुले  फाइनान्सको सुबिधा पाउनेछन्।   

यसका साथै, यो योजनामा २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ। रेनोल्टका गाडिहरु पाँच वर्षको वारेन्टीका साथमा आउँनु यस योजनाको अर्को महत्वपूर्ण आकर्षण रहेको कम्पनीको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved