मेक्स नेपालको ‘मेक्स अप्सन ट्रेडिङ च्यालेन्ज’ सम्पन्न, शंकरदेवका बस्नेत बने पहिलो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 02:40:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मेक्स नेपालले आयोजना गरेको ‘मेक्स अप्सन ट्रेडिङ  च्यालेन्ज’ को बिजेतालाई पुरस्कार वितरण गरेको छ । मेक्स नेपालले च्यालेन्ज श्रावण १६ गते समापन गरेको हो । अप्सन कारोबार सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको समय अवधि लगभग एक महिनाको रहेको थियो ।

यस प्रतियोगिताका सहभागीहरुलाई कारोबार गर्नका लागि पचास हजार बराबरको नमूना रकम प्रदान गरिएको थियो । प्रतियोगिता भरी आफ्नो कारोबार कौशलता, कारोबार रणनीति, अनुशासन र पूँजी व्यवस्थापनमा दक्षता देखाउँदै, प्राप्त पूँजी रकमलाई अधिकतम बनाउन सफल शीर्ष तीन सहभागीहरु विजेता बन्न सफलभ एका छन् ।

उक्त प्रतियोगितामा विश्वास बस्नेतले आफूले प्राप्त गरेको पचास हजार पूँजीलाई ६६.४६ प्रतिशतले वृद्धि गर्न सफल भई बिजेता बने । उनी शंकरदेव क्याम्पसका व्यवस्थापन संकायका बिद्यार्थी हुन । त्यसै गरी द्वितीय स्थानमा सलिल प्रसाद श्रेष्ठले खुदमुनाफा ६३.९७प्रतिशतआर्जन गरेका थिए । सलिल डि–लाईफ स्टाईलमामार्केटिङ अफिसरको रुपमाकार्यरत छन् । आफ्नो पूँजीलाई ५७.९४ प्रतिशतले वृद्धि गर्दै सोनाटा इन्भेष्टमेन्ट बाट कारबोबार गर्ने कमोडिटी बजारकै कारोबारी दिलकृष्ण तामाङ तृतिय स्थानओगट्न सफल भएका छन् । विजेताहरुलाई एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रनले कारोबार खाता, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

उपहारमाप्रथम स्थान विजेतालाई बीस हजार र त्यसै गरि द्वितीय र तृतिय स्थान विजेतालाई क्रमस पन्ध्र र दशहजार प्रदान गरिएको थियो ।

यो प्रतियोगितामा भएको उत्साहजनक सहभागिता र बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियाले कमोडिटी बजारका सरोकारवालाहरुमा थप हौसला र विश्वासको वातावरण सृजना गरेको आयोजकले जनाएको छ । यस्ता किसिमका प्रतियोगिताहरु आगामी दिनहरुमा गर्दै लगिने एक्सचेञ्जले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved