चीनको ७० प्रतिशत लगानी रहेको हंसी शिवम सिमेन्टले पाउने भयो बिशेष सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 11:48:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चीनबाट सिमेन्टमा आएको सबैभन्दा ठूलो लगानी हंसी शिवम सिमेन्ट प्रालिसँग रियोजना लगानी सम्झौता (पिआईए) गर्ने भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साउन १८ गते भएको बैठकले हंसीले शिवम सिमेन्ट प्रालिसँग भदौ १९ भित्र सम्झौता गर्ने गरि पिआईएको मस्यौदा स्वीकृत गरेको छ। 

'नेपालमा बैदेशिक निजि क्षेत्रको लगानीलाई व्यवस्थित गर्ने गरि गरिएको यो प्रकृतिको पहिलो सम्झौता हो' लगानी बोर्डद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। यो सम्झौता अनुसार लगानीकर्तालाई सुरक्षा प्रदान गर्नुका साथ सरकारी निकायबाट पाउने सबै सुविधा र आवश्यक सहयोग लगानी बोर्डबाट पाउने छ।

सिमेन्टमा आत्मनिर्भर बन्ने दिशामा अगाडी बढेको नेपालका लागि यो सम्झौता स्वदेशी तथा बिदेशी लगानीलाई प्रोत्साहन गर्न कोसे ढुंगा साबित हुने अपेक्षा गरिएको छ। 

शिवम सिमेन्ट र चीनको हंसी ग्रुपले नेपालको सिमेन्ट उद्योगमा अहिलेसम्मकै ठुलो लगानी गर्न लागेका हुन। नेपालमा लगानी भित्र्याउन हंसीलाई लगानी बोर्डले अनुमती दिए पश्चात नवलपरासीमा उद्योग स्थापनाको काम भइरहेको छ । नेपालको शिवम सिमेन्टको ३० प्रतिशत र हंशीको ७० प्रतिशत लगानी हुने छ । हंशीले यहाँ २५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।

हंसी शिवम सिमेन्ट प्रालिद्वारा संचालन हुने सिमेन्ट उद्योगको उत्पादन क्षमता १२ हजार टन रहेको छ । जुन नेपालका सिमेन्ट उद्योगको अहिलेसम्मकै सबैभन्दा बढी उत्पादन क्षमता हो । उद्योगमा १ हजारभन्दा बढी व्यत्तिले प्रत्यक्ष रोजगारी पाउने छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved