Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

'मन्दी दैलोमै छ, अर्थतन्त्र भेन्टिलेटरमा पुग्न अघि केहि गरौँ' नीरव पुडासैनीको लेख

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 26, 2020 | 11:26:36 AM मा प्रकाशित

nj

वैश्विक महामारीबीच देशको अर्थतन्त्र कस्तो र कुन दिशातर्फ उन्मुख हुन्छ ? यस्तो यक्ष प्रश्नको सिधा जवाफ दिन सायद अहीले हतार हुन्छ। तथापि विगत पाँच  महिना भन्दा धेरै समय देखि आक्रान्त पारेको यो भाइरसको कारण आयातमा आएको गिरावट, रोजगारीका अवसरहरुमा आएको शुन्यता,  लगानीका नयन क्षेत्रहरुको कार्य आरम्भमा आएको नैराश्यता, त्यस्तै उपभोक्ता आत्मविश्वासमा आएको नैराश्यता लगायतका कारण हाम्रो अर्थतन्त्र ढिलो चाँडो वायुसंचार मेसिन (भेन्टिलेटर) सम्म नपुग्ला भन्न सकिन्न।

उपभोक्ता आत्मविश्वासमा आएको नैराश्यता लगायतका कारण हाम्रो अर्थतन्त्र ढिलो चाँडो वायुसंचार मेसिन (भेन्टिलेटर) सम्म नपुग्ला भन्न सकिन्न

बैंकहरुमा आएको अत्यधिक तरलताले यसलाई थप पुष्टि गरिरहेको देखिन्छ। त्यस्तै ब्यापार तथा आर्थिक कारोबार वा भनौ क्रियाकलापको आधारमा भन्ने हो भने भदौं देखि मङ्सिरसम्मको महिना आर्थिक हिसावले धेरै महत्त्वपूर्ण मानिन्छ। त्यस बेलाको लागि तयारि स्वरूप गरिने कार्यहरु प्राय शुन्य छन्। बैंकका थुप्रिएका तरलताले त्यसलाई गिज्याईरहेको छ। यसले के संकेत गर्छ भने नेपालको यस अवधिको आर्थिक क्रियाकलाप नैराश्यजनक हुनेछ र यसले देशको आर्थिक वृद्धिलाई नकारात्मक प्रभाव पार्छ। राष्ट्र बैंकसँग थुप्रिएको विदेशी मुद्राको संचयले पनि यसतर्फ प्रष्ट संकेत गर्छ। 

उदाहरण स्वरूप (टिकाउ) सामानको आदेश वा भनौं डियुरेबल गुड्स अर्डर वा भनौ विलासिताको सामानमा हुने माग, जुन पछिल्लो चार महिना यता न्यून छ भन्दा फरक पर्दैन। चाहे त्यो घर, गाडीको माग होस्, चाहे सुनचाँदीको। यसले उपभोक्ता नैराश्यतालाई प्रतिबिम्बित गर्छ। जुन देशको आर्थिक स्वास्थ्यको लागि निकै घातक साबित हुन्छ। 

देशको आर्थिक ऐनाको रुपमा रहेको सेयरबजारको चित्रणको आधारमा अर्थतन्त्रको मुल्यांकन गरिनु यस बखत अनुचित हुन्छ। हतास मनस्तिथि उपच स्वरूप बजारको चाल देखिएको छ, पूर्णरुपमा  स्पेकुलेटिम भ्रम सेयर बजारमा देखिन्छ। 

यस्तै विश्व अर्थतन्त्रको बाछिटाको असरको आंकलन गर्नु धेरै हतारो हुन्छ। यसको प्रत्यक्ष मारमा हाम्रा विदेशी मुद्राको मुख्य स्रोत रहेको श्रमबजारमा कस्तो प्रभाव पर्छ त्यसमा निर्भर गर्छ। तथा अप्रत्यक्ष प्रभाव जस्तै आयातमा मुल्य वृद्धि, विनिमय दरको मुल्य, आपूर्ति व्यवस्थापन आदिमा भर पर्छ। जुनरुपमा दिन प्रतिदिन विदेशी ठुला कम्पनीका रोजगारीहरु गुमिरहेको आधारमा स्थिति सहज छैन भनेर भन्न पने पक्कै सकिन्छ। 

हुण्डीको पैसा मोडिएर (डाईवर्ट)  बैंकिङ च्यानल मार्फत विदेशीएका दाजुभाईहरुले पठाएको रकमको कारण महामारीविच पनि विप्रेषण  (रेमिट्यान्स) नघटेको हो भनेर आंकलन गर्न नसक्नु खेदजनक छ। त्यहि कुरामा मखलेल परेर बस्नु मुतको न्यानोमा रम्नु सरह हो।   

हुण्डीको पैसा मोडिएर (डाईवर्ट)  बैंकिङ च्यानल मार्फत विदेशीएका दाजुभाईहरुले पठाएको रकमको कारण महामारीविच पनि विप्रेषण  (रेमिट्यान्स) नघटेको हो भनेर आंकलन गर्न नसक्नु खेदजनक छ। त्यहि कुरामा मखलेल परेर बस्नु मुतको न्यानोमा रम्नु सरह हो।   

आर्थिक मन्दीलाई अव रोक्न सकिदैन।, मात्र व्यवस्थापन गर्ने हो। अथवा भनौं यसको प्रभावलाई केहि निस्तेज गर्ने कोशिस गर्न सकिन्छ। पूर्णरुपमा रोक्न चमत्कार बाहेक कहिले सक्दैन भन्दा अन्यथा नहोला। अर्थमन्त्रीको ७ प्रतिशतको आर्थिक वृद्धिको रटान वा भनौं मन्त्रले केहि हुनेवाला छैन। विश्वभर एकै पटक आउँन लागेको मन्दीले विकसित तत देशका विज्ञहरुले गर्ने सुधारका कारण केहि राहत हामीले पनि अप्रत्यक्ष रुपमा पाउन सक्छौं तर अन्तिममा मन्दीको तेजलाई छेक्न हामीले नै केहि गर्नुपर्छ।

अर्थमन्त्रीको ७ प्रतिशतको आर्थिक वृद्धिको रटान वा भनौं मन्त्रले केहि हुनेवाला छैन

जबसम्म आर्थिक क्रियाकलापहरुमा पुर्ववत सुधार वा वृद्धि हुन सक्दैन यसको प्रभावबाट बन्चित हुन् पनि सकिन्न । त्यसकोलागि रोजगारी र उत्पादनको क्षेत्रमा सुधार गरेर गर्न सकिन्छ। तर यो बेलाको सुधार साधारण होइन अभूतपूर्व हुनुपर्छ। विदेशी श्रम गुमेर स्वदेश फर्केका नेपालीहरुलाई रोजगारी दिने वातावरणको सिर्जना गर्नु अति आवश्यक छ। यो सँगै उत्पादनको क्षेत्रमा सुधार हुनु आवश्यक छ। 

चौरमा घाँस टिप्न लगाएर दिईएको रोजगारीको कुनै अर्थहुन्न। आगलागी झुपडी डेढ घडी भद्रा हुनु पुर्वनै सम्बन्धितले उचित कदम चालुन् । हुनत हाम्रो सरकारले हेलिकप्टर मनीको अवधारणा अन्तर्गत कार्य गर्न सक्दैन।  तथापि सम्पूर्ण अन्य क्षेत्रका कार्यहरुलाई थाँती राखेर भएपनि यसको प्रयोग गर्न कोशिस गर्नुपर्छ। बृद्धभत्ता, एकलमहिला भत्ता जस्ता कुराहरुमा केहि समयका लागि थप नगद दिने व्यवस्था गर्नुपर्छ। मिल्टन फ्रिडम्यानको यो अवधारणालाई थोरै मात्र भएपनि अवलम्बन गर्ने प्रयास हामि किन नगर्ने ? तर यसले अधिक तरलतालाई प्रश्रय नदियोस। खर्च गर्ने आधार वा उक्त रकम बजारमा पुन: खर्च होस् भन्ने कुरालाई हेक्का राख्नुपर्छ। 

चौरमा घाँस टिप्न लगाएर दिईएको रोजगारीको कुनै अर्थहुन्न। आगलागी झुपडी डेढ घडी भद्रा हुनु पुर्वनै सम्बन्धितले उचित कदम चालुन्

रोजगारी थप वृद्धि गर्नुपर्ने बेलामा भएका रोजगारीहरु नगुमोस भन्नका लागि भएका व्यवसाय, उद्योग, आदिलाई धेरै भन्दा धेरै सहयोग गर्नु आवश्यक हुन्छ। ब्याजको दर घटाएर वा थप ऋण उपलब्ध गराएर मात्र सहयोग हुदैन। उद्योग र व्यवसायले उत्पादन गरेका बस्तु तथा सेवाहरुको खपत वा भनौँ  बिक्रि हुने वातावरण बनाएर पनि सहयोग गर्न सकिन्छ।  त्यस्तै थप रोजगारी सिर्जना गर्ने उद्योगलाई निश्चित समयको लागि उल्लेख्य मात्रामा छुटको ब्यवस्था पनि गर्न प्रयास गर्नुपर्छ। समग्रमा व्यवसायी चाहे त्यो साना हुन् वा ठुला सबैलाई पलायन हुनबाट रोक्न सक्नुपर्छ।

थप रोजगारी सिर्जना गर्ने उद्योगलाई निश्चित समयको लागि उल्लेख्य मात्रामा छुटको ब्यवस्था पनि गर्न प्रयास गर्नुपर्छ

यद्दपी आर्थिक मन्दी कहिले सुरु हुन्छ र अन्त्य भन्ने प्रश्नको जवाफ सरल छैन। यसको दुष्चक्र कति समयसम्म रहन्छ भन्ने कुराको अहिले नै आंकलन गर्नु ब्यर्थ हो। त्यसकारण सकिन्छ भने मोरोटोरीयमको अधिकार राष्ट्र बैंकले सबै बैंकहरुलाई खुला रुपमा दिनु पर्छ। यसको सुविधालाई थप फारकिलो गर्नु आवश्यक छ। जसको कारण साना ठुला सबै ऋणीहरुलाई ऋणको भुक्तानी केहि समयसम्मका लागि स्थगित गरेर भुक्तानीको अवधि केहि महिना वा बर्ष  पछिसार्ने वातावरणको सिर्जना गरिनुपर्छ। 

बैंकहरुले घाम लागेको बेला छाता दिने अनि पानि परेपछि छाता माग्ने साथिको रुपमा प्रस्तुत हुन छोड्नुपर्छ

लकडाउन अवधिमात्र होइन, त्यसबाहेकका अवधिको पनि गणना गरियोस। यस्तो समयमा बैंकहरु साथि हुन आवश्यक छ। तर बैंकहरुले घाम लागेको बेला छाता दिने अनि पानि परेपछि छाता माग्ने साथिको रुपमा प्रस्तुत हुन छोड्नुपर्छ। यस अवधिसम्मको लागि भएपनि बैंकले यो बानि छोड्नु बैंक आफ्नै भविष्यको लागि पनि उत्तम हुन्छ। 

(लेखक पुडासैनी पुँजी तथा मूद्रा बजार तथाअर्थतन्त्रका विश्लेषक हुन्)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved