साढे ५ हजार किस्तामै टिभीएस बाइक, ब्याज मात्रै ८ %, बर्षमा ३० हजार बचत

दिलिप खड्का

दिलिप खड्का

Jun 22, 2019 | 05:12:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस “एक्सचेञ्ज जात्रा” संचालन गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन।

यही असार ४ देखि ८ गतेसम्म भिर्कुटि मण्डपमा संचालन भैरहेको 'एक्सचेन्ज र बचतको बहार' योजनामा ग्राहकहरु धेरै तरिकाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ। 

यस योजनामा ग्राहकले जुन सुकै कम्पनीको जस्तो सुकै बाइक भएपनि त्यसको बिलबुक भएको अवस्थामा कम्तिमा पनि ३० हजार मुल्यांकन गर्छ।  पुरानो बाइक साटेर वा नयाँ नै किन्नेले मात्रै २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्छ भने उसले बार्षिक ७ दशमलब ९९ प्रतिशत ब्याज तिरे पुग्छ। बजारमा अहिले कम्तिमामा पनि १४ प्रतिशत बार्षिक ब्याज रहेको छ। यस आधारले दुई बर्षको किस्तामा कम्तीमा ३० हजार बचत हुने कम्पनीका क्षेत्रीय अधिकृत विवेक शिंगाईको भनाई छ। 

त्यस्तै ग्राहकले प्रत्येक खरिदमा स्क्य्राच गर्न पाउनेछ। एक स्क्र्याच कुपनबाट कम्तीमा ७ हजार देखि बढीमा १ लाखसम्मको पक्का नगद छुट प्राप्त गर्ने र शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्न सक्ने छन् । स्क्र्याच मार्फत प्राप्त हुने यो रकम बाइकको मुल्यमा घटाएर तिर्ने सुविधा रहेको छ। यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा ५ हजार रुपैयाँ बराबरको  हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

जस अनुसार ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य २५ हजार प्राप्त गर्ने, एक स्क्र्याच कुपनबाट कम्तीमा १० हजार देखि ढीमा १ लाखसम्मको पक्का नगद छुट प्राप्त गर्ने र शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्न सक्ने छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहारहरु पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved