महालक्ष्मी बिकास बैंकबाट बाढी पहिरो प्रभावितलाई आर्थिक सहयोग, प्रधानमन्त्री राहत कोषमा ५ लाख जम्मा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2017 | 05:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंकले प्रधानमन्त्री दैवि विपत्ति राहतकोषमा पांच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले बिकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपदले पुगेको क्षतीलाई केही हदसम्म न्युनीकरण गर्न र बाढी प्रभावित क्षेत्रको जनजीवनलाई सहजीकरण गर्ने प्रयास अन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ। 

साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आगामी दिनमा पनि यस प्रकारको सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै जाने प्रतिबद्दता जनाएको छ।   

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved