माछापुच्छ्रे बैंकद्धारा पूर्व प्रहरीलाई पेन्सन पट्टा धितोमा कर्जा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 05:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखेर कर्जा दिने भएको छ । नेपाल पूर्व प्रहरी संगठन र बैंकबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि संझौतामा हस्ताक्षर भएको हो । पूर्व प्रहरी संगठनको साधारण सभाको अवसरमा बैंक र संगठनबीच सम्झोता भएको हो ।
संझौतामा पूर्व प्रहरी संगठनका अध्यक्ष बसन्त राज कुँवर र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरे । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवम् पूर्व डिआईजी नवराज सिलवालले बैंक र संगठनबीचको सम्झौताले सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरेको बताए ।
बंैकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, ३९ शाखा रहित बैकिङ्ग र १०७ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved