आइपीओ निष्काशनको तयारीमा रहेको सबैको लघुवित्तको कमाई करोड नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 10:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा १ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ। चालू आर्थिक बर्षमा सर्वसाधारणलाई साधारण सेयर बिक्रि गर्ने तयारीमा रहेको सबैको लघुवित्त गत आर्थिक बर्षको यसअवधिमा ५२ लाख ५५ हजारले खुद नोक्सानी बेहोरेको थियो।

तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको सबैको लघुवित्तले हालै सम्पन्न दोस्रो बार्षिक साधारणसभाबाट यहि आर्थिक बर्षमा आइपीओं जारी गर्ने निर्णय गरेको हो।

यस संस्थाको कुल उठाउन बाँकी कर्जा १ अर्ब १४ करोड ४७ लाख ३६ हजार र सदस्यहरुको बचत रकम २६ करोड ६९ लाख ५९ हजार रहेको छ । दोश्रो त्रैमासको बितिय अवस्था हेर्दा यो आर्थिक बर्षको अन्त्यमा संस्थाको प्रगती उच्च रहने देखिन्छ ।   

सबल नेतृत्वले स्थापना भएको छोटो समयमै उत्साहप्रद प्रगती स्वरुप यो नाफा गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलको भनाई छ।

यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २२ जिल्लामा रहेका आफ्ना ३३ वटा शाखाहरु मार्फत् २१,६१० जना ग्राहक सदस्यहरुलाई सेवा उपलब्ध गराउदै आएको छ।  


सबैको लघुवित्तको दोश्रो साधारणसभा सम्पन्न, आइपीओ निष्काशन गर्ने निर्णय

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved