मुक्तिनाथ विकास बैंकद्वारा बिद्यार्थीहरुमा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 09:54:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैक Muktinath Bikas Bank Limited  ले विरगंज महानगरपालिका, ११ पर्सामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मूल आशयले वित्तीय साक्षरता कार्यक्रम गरेको जनाएको छ।

कार्यक्रममा बिद्यार्थीहरुलाई वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग,सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा जानकारी दिइएको बैंकले जनाएको छ।      

कार्यक्रममा १०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३८० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेको जनाइएको छ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved