माछापुच्छ्रे बैंकले ल्यायो इएमभी चिप प्रणालीमा आधारित कार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 03, 2017 | 11:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई इएमभी चीप कार्ड जारि गरेको छ। कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उदेश्य बमोजिम चिप प्रणालीमा आधारित कार्ड सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ। 

हालसम्म म्याग्नेटिक स्ट्रिप प्रविधिका कार्डहरु प्रयोग गर्दै आएको बैंकले इएमभी चीप कार्ड मार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्नेे बताएको छ । यस बैकले ५६ शाखा कार्यालय मार्फत सम्पुर्ण बैँकिङ्ग सेवा प्रदान गर्नुका साथै डेविट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड तथा माग गर्नासाथ तुरुन्त पाइने इन्स्ट्यान्ट डेबिट कार्ड उपलब्ध गराउदै आएको छ । 

साथै, यस बैंकबाट जारी भएको डेबिट कार्ड  प्रयोग गरी यसै बैंकको एटीएमबाट रकम झिक्दा कुनै शुल्क नलाग्ने तथा नेपाल भित्र भिसा नेटवर्क अन्तर्गतका जुनसुकै एटीएमबाट रकम झिक्दा बढीमा रु. ३० मात्र लाग्ने समेत बैंकले जानकारी गराएको छ ।

बैकले आफ्ना ग्राहकहरुलाई नजिकको शाखामा सम्पर्क राखी आफूसँग भएको म्याग्नेटिक स्ट्रिप कार्ड (डेबिट÷क्रेडिट÷प्रिपेड कार्ड) लाई चिपमा आधारित कार्डमा परिवर्तन गर्न अनुरोध गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved