एभरेष्ट बैंक र वेस्ट रेमिटबिच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 02, 2017 | 07:29:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक र वेष्ट रेमिटबीच एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी गर्ने कार्य सम्बन्धि सम्झौता भएको छ। हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ ।

सुरुवातमा यो सुविधा यू.ए.ई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीहरुका लागि उपलब्ध गराएको भएपनि अब अन्य देशहरुमा पनि बिस्तार गरिने भएको छ। 

इन्वार्ड रेमिट्यान्स तथा वैदेशिक व्यापार सहज बनाउनलाई बैंकले विभिन्न देशहरुका बैंक÷एजेन्सीहरुसँग सहकार्य गर्दै आएको जनाएको छ। त्यसै गरि बैंकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यस अघि नै सम्झौता गरीसकेको छ। जसले बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएको कम्पनीको बिश्वास छ।

बैंकले आफ्नो पन्जाब नेशनल बैंकको इनरेमिट (इन्डो नेपाल रेमिट्यान्स) मार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सुविधामा ग्राहकहरुले पन्जाब नेशनल बैंकका शाखाहरु, पन्जाब नेशनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिंग सुविधा तथा व्यवसायीक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्दछन।

बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यालय भएको पहिलो नेपाली बैंक हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved