एनआईसी एसिले ल्यायो कर्जाको निवेदन ट्रयाक गर्न मिल्ने सुबिधा, यस्ता छन् बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 11:10:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले ग्राहकहरुलाई कर्जाको लागि दिएको आबेदनको सम्पूर्ण अपडेट हेर्न मिल्ने सेवाको सुरुवात गरेको छ। आफ्ना ग्राहकहरुलाई   सहज रुपले उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले प्रविधिको उच्चतम प्रयोग गर्दै कर्जा स्वीकृतका हरेक चरणको अपडेट हेर्न मिल्ने गरि “Customer Retail Loan Tracking System (CRLTS)” को सुरुवात गरेको बैंकले जनाएको छ।  

(CRLTS) द्वारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले एसएमएस मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको अपडेटबारे जानकारी दिने प्रमुख सुचना अधिकृत रोशन कुमार न्यौपानेले बताए। 

यस प्रविधिको प्रयोग मार्फत ग्राहकले बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरुबारे जानकारी पाउनेछन। ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने बैंकले जानकारी दिएको छ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved