राष्ट्र बैंकले लम्ब्यायो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिसक्नु पर्ने अवधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 12:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समय अवधि बढाएको छ । बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गर्दै समीक्षा सार्वजनिक गरिसक्नु पर्ने समय अवधि थप गरेको हो। 

 संशोधित कार्यविधिमा अब  त्रैमास सकिएको ४५ दिन भित्र समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अधि त्रैमास सकिएको ३० दिनभित्र समीक्षा सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले त्रैमासिक तथा अर्थवार्षिक समीक्षा सार्वजनिक गरिसक्नु पर्ने अवधि १५ दिन थप गरेको हो । कार्यविधिको दफा १२ को उपदफा ४ संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । २०८० माघ २८ गते गभर्नरको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले सो संशोधन गरेको हो।

वार्षिक मौद्रिक नीति सार्वजनिक गर्नु पर्ने अवधि भने यथावत नै छ । वार्षिक मौद्रिक नीति नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिन भित्र सार्वजनिक गरिसक्नु पर्ने छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved