एसियन लाइफ र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 11:30:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्स र जनता बैंक नेपालबीच बैंकासुरेंस सम्बन्धि सम्झौता भएको छ। जीवन बिमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने  उद्धेश्यले दुवै संस्थाबीच बैकासुरेंस सम्बन्धि सम्झौता भएको जनाइएको छ। 

यस सम्बन्धि कात्तिक १२ मा भएको सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे। 

सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ। ईन्स्योरेन्सका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग बैंकका नेपालभरिका संपूर्ण शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था हुनेछ।     

इन्स्योरेन्सले हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु मार्फत जीवन बिमा सेवा प्रदान गर्दै आइरहेको छ। गत आर्थिकबर्षको एसियन लाइफको जीवन बीमाकोष १० अर्ब, लगानी ९ अर्ब ५४ करोड तथा चुक्ता पूँजी ८० करोड ५५ लाख छ। इन्स्योरेन्स ५० प्रतिशत हकप्रद जारि गरि चुक्ता पुंजी १ अर्ब २० करोड पुर्याउने योजनामा छ। 


         

                                                                       

                                                                    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved