जीवन बीमा सम्बन्धी एक दिवसिय सेमिनार सम्पन्न

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 08, 2018 | 05:37:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स क. लि तथा पोखरा विश्वविद्यालय को सयुक्त आयोजनामा पोखरामा Fundamental Of Life Insurance and Its Market Trends in Nepal बिषयमा एक दिवसिय सेमिनार  सम्पन्न भएको छ । 

गुराँस लाइफ इन्स्योरेन्स कं लि का प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई तथा पोखरा विश्वविद्यालय का डिन प्रा. हरी बहादुर खड्का पनि सहभागी थिए । 

पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेले समग्र जीवन  वीमाको बजार तथा नेपालमा यसको अवस्था वारेमा वोल्दै बजारको माग अनुरुप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकता अनुरुप सम्बन्धीत निकायको सहर्कायमा पाठ्याक्रम परिर्माजन गरि समय सापेक्ष बनाउने बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जिवन वीमाको प्रकृया तथा जिवन वीमा कम्पनीको साँगठनीक ढाँचा, दावी भुक्तानी प्रकृया, अण्डरराइटिङ्ग सम्बन्धी व्यवस्था, कम्पनीको वोनस निर्धारण प्रकृयाहरुको बारेमा सहभागीहरुलाइ जानकारी दिए । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved