सन्दर्भ धर्म परिवर्तन: 'यशुले सबै दुःख हरण गर्ने भए पर्चा बोकेर किन दुख गरेको?'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2016 | 02:44:39 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७३ सालको नयाँ बर्षको दिन त्यसै घरै बस्नु भन्दा कतै घुमौ भन्ने सोचेर केटाकेटी सहित शंखपार्क घुम्न गईयो । पार्कको पछाडि पाकिस्तानी राजदुतावासको २ बिघा जति खुल्ला जमिन छ । त्यतै स-साना धुपि सल्लाका रुख छन् । शितल खोज्दै त्यतै गयौ  ।

राम प्रसाद गौतम

खुल्ला चौरमा  केटाकेटीहरु मज्जाले दौड्न थाले त्यस्तैमा एकजना बडा गफ गर्ने दुव्ला दुव्ला भाईले अर्को एक जनासंग देश बिकास भएन , नेताले सबै खाए भन्ने कुरा बडो रोचक पाराले भनि रहेका थिए । कुराकानीमा बेरोजगारी र गरिवीका पिडाहरु पनि मनग्गे सुनिन्थे ।  कुराकानी एकै चोटी होईन  प्रसङ्ग अनुसार चली रहेको थियो । त्यही कुरा सुनेर बसे।


 यस्तैमा  एकै छिन् पछि हातमा केही पर्चा पुस्तक  लिएर लगभग ४- ५ जना केटाकेटिहरु त्यो चौरमा छिरे र छिरलिए । ति मध्ये एक जना भाई आएर ति गफ गरीरहेका दुवैजनाको बीचमा सिधै प्रश्न राखे के येशुलाई चिन्नु हुन्छ ? येशुले हामी सबैको दुःख हरण गर्नु हुन्छ । हामीलाई मुक्तिको बाटो दिनुहुन्छ । उहाँ हाम्रो माता पिता भन्दा पनि महान् हुनुहुन्छ । उहाँले शान्ति दिनुहुुन्छ र दुःख हरण गर्नु हुन्छ । भन्ने कुरा लगभग एकेै सासमा भने । 


यसै बीचमा अघिल्लो छहारी वक्ता भाईले भने , होईन यशुले सबै दुःख हरण गर्ने भए  तिमी किन दुःख पाएर यो घाममा पर्चा बोकेर हिडेका छौ त ? यशुले दुःख हरण गर्ने भए तिमी चुपलागेर बसे भएन र?


त्यो पर्चावालको आफ्नो स्तर अनुसारको अन्तःस्करण खल्वलियो । उसले यस्तो प्रश्नको कतै आशा गरेको थिएन । भाई कालो कालो त थियो नै कता कता नजानिदो मलिन देखियो । फेरी उसले भन्यो। यशुले सबै दुःख हेर्नु हुन्छ । उहाँले हाम्रो दुःख सहन गर्न सक्नु हुँदैन । नपत्याए हेर्नु होस भनेर यहुन्ना हो कि यस्तै यस्तै नाम गरेको पुस्तकको बीचको पाना देखायोे ।


छाहारीवाला बडा तगडा रहेछ उसले भन्यो के यशुले सबै  र सबैको दुःख  हरण गर्नु हुन्छ ?
हो हो पर्चावालले आफैमा केही आशा लिएर फेरी जुर्मुरायो । छहारीवत्ताले भन्यो उसो भए उहाँलाई दुःख हरण गर्न कसले रोकेको छ त ? तिमी हामी सबैका दुःख हरण गरे हुँदैन र ? कि तिमीहरुले यो यो मानिसको मात्र  दुःख हरण गर्नुहोस भनेर यशुको चाप्लुसी गरेका छौ । होईन भने यशुले दुःख हरण गर्न चाहेने र सक्ने हो भने हामी सबेैलाई दुःख र अभावदेखि  मुक्त हुनबाट कसले रोकि रहेको छ त भाई ?  


 दुःख हरण गर्नकोलागि हामी सबै यशुलाई सम्झिनु पर्दछ । पर्चावालले भन्यो । त्यसो भए तिमीले त संझिएका छौ नि ।  तिम्रा सबै दुःख हरण भए त ? लौ भन तिमीलाई केही पिडा र समस्या छैन अहिले ?जब तिमी , म र सबै दुःखमा छौ भने यस्ता कुराहरु तिमीलाई कसले सिकाउँदछ ? यसको तालिम कहाँ दिईन्छ ? आदि कुराहरु सोध्नासाथ पर्चावाल भाई त्यो ठाउँबाट हिड्यो ।  

उसलाई अलि परसम्म हेरियो । त्यो समुहका अरु ४-५ जना जम्मा भए त्यस पछि पार्कबाट बाहिर तिर निस्के । उनीहरुमा कुनै जोश जागर पनि थिएन र पिर चिन्ता पनि थिएन । सायद उनीहरुको एउटा जाँगिर थियो  जुन उनीहरुले पुरा गरे । 


उनीहरुको जागिर उपलव्धिमा आधारीत थियो वा समयमा त्यो बुभिएन । उनीहरु गए ।
आज धेरै पछि असोज ६, २०७३ रोज ५  चावहीलको अम्वे होम्सको पछाडिको गेट नजिक दुई जना त्यस्तै प्रकृतिका महिलाले अर्को ज्यादै सोझी नानीलाई उनै यशुको बारेमा बताई रहेका  थिए । उनी पिता हुन् , महान् हुन् शान्तिदाता हुन् , भन्ने जस्ता कुराहरु त्यहाँ पनि बोलीएको थियो  । पानी परेको  थियो । बताउनेवाला दुईवटीले एउटा छाता ओडेका थिए । सुन्नेवालाले आफ्नो छाता ओडर बडो चिन्तीत र थकित मुद्रामा सासलेमात्र बोलेकी थिइन् । मात्र अँ अँ । 


भन्नेवालाले कुरो बुझाउनकोलागि यस्तो दत्तचित्त थिईन कि छाताबाट शरीर छुटेर ज्यान भिजेको सम्म उनलाई थाहा थिएन । तर सुन्नेवाला यस्तो प्रतिक्रिया बिहिन थिईन कि उनलाई  यशु भनेका को हो भन्ने अलिकति पनि जानकारी थिएन जस्तो लाग्दथ्यो । 


आज नेपालमा अधिकांश पैसाले धार्मिक स्वतन्त्रताको पाठ सिकाई रहेको छ । यो आँखाले देखेको घटना हो । यो र यस्ता  घटना अहिले पुरै देशमा फैलिएको छ । यो राम्रो हो वा होइन पाठकले छुट्याउनु होला । कुरा कतै लुकाउनु पर्दैन इशाई चर्चहरुले करोडौ खर्च गरेर नेपालीलाई धर्म परिवर्तन गराउन गरिएका प्रयत्नका झलकमात्र हुन् यी । 

धर्ममा अतिक्रमण भएको छ ।  डलरले विश्वको गरिवी माथी खेलेको छ । धर्म परिवर्तनका अनेक कारक र कारण होलान् । त्यसमा धेरैले गरिविलाई कारण देखाउलान् । कसैले हिन्दु धर्ममा विद्यमान रहेको वर्ण व्यवस्थालाई र यहाँको छुवाछुत प्रथालाई कारण देखाउलान् । ति कुनै कारण यर्थाथ होईनन् । 


मुख्यकारण  पश्चिमा देशले र त्यहाँको चर्चले आफ्नो संख्या बढाउन चलाएको मिशन  हो । उनीहरुले आफ्नो धर्मको धक्का व्यापार अर्थात 'पुस सेलिङ' गरीरहेका छन् ।  चर्चमा अथाह बजेट छ र धर्मावलम्वीहरुको संख्या पनि अत्यधिक भएकोले पैसाको खाँचो छैन । सोही पैसालाई उनीहरुले शिक्षाको मार्फतबाट , अस्पतालको माध्यमबाट र यस्तै सम्वन्धित देशका बेरोजगार युवाको माध्यमबाट विश्वभर फैलाई रहेका छन् । 


तर हामी मौन छौ किनकि संविधानले यससम्वन्धी बडा रोचक निर्णय लेखेको छ । नेपाल धर्म निरपेक्ष राज्य हो । धर्म निरपेक्ष हो भने क्रिस्चियनको लागि पनि धर्म निरपेक्ष हुनु प¥यो । उनीहरुले यसरी खुलेआम धर्म परिवर्तन गराउन पाउने र धार्मिक बन्ध्याकरण हिन्दुत्वको मात्र हुनु पर्ने । 


देश धर्म निरपेक्ष हो भने सबैले त्यसको पालना गर्नु प¥यो कुनै गरिव , निमुखालाई लुकिछिपी विभिन्न प्रलोभन देखाएर बलजफ्ति  धर्म नै फेरिदिने काम राम्रो हो होईन । स्वेच्छाले कसैले कुनै धर्म मान्ने कुरामा सबैलाई स्वतन्त्रता होला तर यसरी विदेशबाट डलरका थुप्राहरु ल्याएर सबै गरिवलाई प्रलोभनमा पारेर गरिवीमाथि धर्मपरिवर्तन गराउने चालवाजी बिरुद्ध  संयुक्त राष्ट्रंसंघमा एउटा प्रस्ताव लैजानु पर्दछ र विश्वका सवै धर्म र संस्कृति रितिरिवाजलाई स्वतन्त्र रुपमा चल्न दिइनु पर्दछ । तेरो परिबर्तन गर तँलाई यो यो सुबिधा वा रकम दिन्छु भनेर धर्म परिवर्तन गराउने र यो उसको स्वतन्त्रता हो भनी नीतिगत निर्णय समेत गराउनुले विश्वमा ठूलो धर्म संकट पैदा भएको छ । 


कुनै नावालकलाई खान बस्न र  सहारा दिएको आडमा बलात्कार गर्न पाइने कि नपाईने ? यसै गरी डलरले नेपालमा धार्मिक आस्थामाथि बलात्कार गरीरहेको छ । यो कुरामा संविधान बनाउँदा कतिपयले डलर खाए भन्ने सुनिन्छ प्रमाण लेखकसंग छैन तर घटनापनि कहिले काही साक्षी प्रमाण हुन्छ । जो आफ्नो धर्मको विरुद्ध बोल्दछ त्यो भोकै बोले होला जस्तो लाग्दैन । धनी देशमा आफ्नो धर्म विरुद्ध कुनै नेता बोल्दैनन् जसरी कानुनमा आफु विरुद्ध कोही साक्षि बस्दैन । तर हाम्रो केही नेता बडो धर्म निरपेक्ष देखिन्छन् कसको कलो खाएका छन् कुन्नि ?


यदि यस्तै प्रकारले धर्मपरिवर्तन गरिन्छ भने केही दशक पछि विश्वमा धार्मिक विश्वयुद्धको खतरा छ । त्यसैले विश्वका प्रबुद्ध बर्गहरु बसेर विश्वलाई नै धर्म निरपेक्ष बनाउने प्रयास गरौ । यो डलरको प्रलोभनमा आफ्नो धर्म बेच्ने पसल नखोलौ ।संयुक्त राष्ट्रसंघले धर्म परिवर्तन तथा अतिक्रमण विरुद्धको दशक नै घोषणा गरेर विश्वव्यापि रुपमा धर्म परिवर्तन कार्य र धार्मिक उत्पिडन विरुद्ध अभियान चलाउन सक्नु पर्दछ । अन्यथा धर्म, राजनीति र सिमाना भन्दा खतरनाक बिद्रोहको कारण बन्न सक्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved