'सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति मनोवैज्ञानिक त्रास बाहेक अरु केहि हैन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 11:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ तथा पुरानै लगानीकर्तालाई पनि शेयरबजार बारे विभिन्न चासोहरु हुन्छ । अझ अहिले बजारमा तिब्र उतारचढाव भईरहेको बेला उनीहरुको चासो झन् बढी हुन्छ। सोहि अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका र सेयर बजारबारे थप ज्ञान आर्जन राख्न चाहने गानीकर्ताहरुलाई मध्यनजर गरी परिक्षणका रुपमा हामीले नयाँ स्तम्भ सुरु गरेका थियौ।​ प्रस्तुत विचार यहि स्तम्भको एउटा भाग हो ।​  पुरा स्तम्भ पढ्न यहाँ क्लिक गर्नु होला ।​  

सेयर बजार बिकसित पछिल्लो परिस्थितिलाई तपाईले कसरि लिनु भएको छ ?

मनोवैज्ञानिक त्रास बाहेक अरु केहि हैन | नेपालको शेयरबजारमा वास्तविक क्षेत्रका कम्पनीको उपस्थिति अत्यन्त न्यून रहेकोले शेयरबजारमा यस्ता कम्पनीले पार्नसक्ने प्रभाव छैन | बैंक र विमाको बाहुल्यता बढी भएकोले शेयरबजार क्र्याश हुन्छ भन्ने कुरा फगत कोरा कल्पना मात्र हो |

बैंकको पूँजी वृद्धि स्वाभाविक हो | केन्द्रीय बैंकले बढाऊ नभनेको भए पनि पूँजी बढ्नु आवश्यक थियो | भूकम्प पछिको पुननिर्माण  र पूर्वाधार विकासको लागि पनि पूँजी अभाव थियो | अहिलेको पूँजी पनि पर्याप्त हैन अझ बढ्नुपर्छ | पुननिर्माण पछी पनि पूर्वाधारको लागि पूँजी हाल्नसक्ने सक्षम संस्था भनेकै बैंक हुन् | बैंक सक्षम नभए पूँजी हाल्ने कसले ? बैंकले लगानी गरेपछि त्यसको जोखिम बहन गर्नको लागि विमा चाहिन्छ | अहिलेको विमा कम्पनीको पूँजीले पनि ठूलो जोखिम वहन गर्नसक्ने अवस्था छैन | यसको लागि पनि पूँजी बढ्नु नितान्त जरुरी छ | पूँजी बढ्नु समस्या हैन बरु समस्याको समाधान हो |

 

 सेयर बजारको सुधार तथा विकासका लागि तत्काल गरिनुपर्ने कुरा ?  

१. पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली

२.अपूर्ण रहेका कानून निर्माण र लागू जस्तै हकप्रद

३.भित्री कारोबार नियन्त्रण र कडा सजायसहितको कानुन 

४.बजार निर्माताको अनुमति

५.दलालको कार्यक्षेत्र विस्तार

६.कर चुक्ता सहजीकरण


अधिवक्ता दाहाल सेयर लगानीकर्ता एवम् विश्लेषक हुन्

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved