शिब धिताल/बिजपाटी     Mar 29, 2018 | 08:23:48 AM


tansen

वल्र्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ बर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बिस तिस पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ । यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निशुल्क आइपि टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् ।

यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले बिस, तिस र पचास एमबिपिएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२०००, १४००० र १६००० रुपैयाँमै पाउने छन् । यसका साथैे एक वर्षसम्म निशुल्क नेट टिभीसमेत प्रयोग गर्न पाउनेछन् । यस्तो गतिको सुविधा ३ महिना र १ महिनाको सेवा लिन चाहनेहरुले पनि पाउन सक्ने कम्पनीले जनाएको छ।

वर्डलिंकले इन्टरनेट, आइपि टिभी, डाटा सेवा उपलब्ध गराउँदै आएको छ । यसका नेपालभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक छन् । यसका मुलुकभर ४० भन्दा बढी शाखा छन् ।  

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital