ईजी एस्योरेन्सका मोबाइल प्रयोगकर्ताको पनि बीमा, हराए वा टुटफुट भएमा नयाँ फोन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 08:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबिच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने सहकार्य भएको छ। यससम्बन्धि सम्झौतापत्रमा ईजी एस्योरेन्सका तर्फबाट अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार इजी एस्योरेंसका मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गरिने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ ।     

त्यस्तै ईजी एस्योरेन्सले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत एक लाखको दुर्घटना बीमा पाउनेछन। त्यस्तै एस्योरेन्स सेवा अन्तरगत मोबाइल ग्राहकहरुले १५०० भन्दा माथिका मोवाइलहरुमा यो सेवा लिन सक्नेछन। 

यो सेवा अन्तर्गत न्युनतम ४९ रुपैयाँ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ। एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको मूल्यअनुसार फरक फरक हुनेछ । मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी पाउनेछन। 

यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरुले मोबाइल खरिद गरेको सात दिन भित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट यो सेवा लिन सक्नेछन। सात दिनपछि ईजी एस्योरेन्सको आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिनेछ।

ईजी एस्योरेन्सले मोबाइल फोन एस्योरेन्स सेवा देशभरीका आफ्ना आधिकारिक एजेन्टहरुमार्फत प्रदान गरिरहेको छ र ग्राहकहरुले कुनैपनि एजेन्टमार्फत मोबाइल फोन एस्योरेन्स सेवा लिन सक्नेछन् ।

यस कम्पनीसँग आबद्ध ईजी मोबाइल केयर प्रालिले यसअघि नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना संचालन गरिरहेको छ। त्यस्तै यस कम्पनीले १ रुपैयाँ तिरेपछी मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना सफलतापूर्वक संचालन गर्दै आईरहेको छ । कम्पनीले हाल यो सेवा कर्पोरेट कार्यालय तीनकुने र सर्भिस सेन्टर न्यूरोड, ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमार्फत सेवा दिईरहेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved