किसान बहुउद्देश्यीय सहकारीका कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 11:07:13 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान बहुउद्देश्यीय सहकारी संस्थाले सम्पूर्ण कर्मचारीहरुको म्यादी जीवन बीमा र कोरोना बीमा गराएको छ । संस्थाले पाँच लाखको म्यादी जीवन बीमा र एक लाखको कोरोना बीमा गरेको हो । यस्तै संस्थाले कर्मचारीलाई आवश्यक सतर्कताका साथ सुरक्षा सामाग्री सहित कार्य गराईरहेको जनाएको छ । 

संस्थाले सदस्यहरुकोलागि असार महिना सम्मको ब्याजमा छुटको प्याकेज घोषणा गरेको जनाएको छ ।  उक्त छुट सुविधा अन्तर्गत ब्याज मात्र तिर्ने सदस्यलाई १२ प्रतिशत ब्याज छुट र साँवा सहित ब्याज तिर्ने सदस्यलाई १५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको संस्थाले जनाएको छ । साथै संस्थाले गत आर्थिक बर्षको कारोबारको आधारमा सदस्यको कारोबार अनुसार संरक्षित पूँजीकोष समेत फिर्ता गर्ने जनाएको छ । संरक्षित पूँजीकोष अन्तर्गत संस्थाले यस बर्ष एक करोड २९ लाख रुपैंयाँ सदस्यको खातामा दाखिला गरिदिएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved