वेस्टइन्डिज बिरुद्द बंगलादेशको शानदार जित, बनायो यस्तो किर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 09:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले वेस्टइन्डिज माथि शानदार जित हात पारेको छ  बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो। 

टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३२१ रन जोडेको थियो । वेस्ट इन्डिजको लागि शाही होपले सर्बाधिक ९६ रन बनाए भने इभिन लुईसले ७० रन जोडे । 

३२२ रनको लक्ष्य पाएको बंगलादेशले ३ विकेटको क्षतिमा ४१.३ ओभर मै उक्त लक्ष्य भेट्टायो । बंगलादेशले ५१ रन बाँकि चाडै लक्ष्य भेट्टाएको हो । बंगलादेशको जितमा शाकिब अल हसनले १२४ रन जोडे भने लिटन दासले ६९ बल मै ९६ रन बनाए । प्रतियोगितामा यो शाकिबको लगातार दोस्रो शतक हो 

जित संगै बंगलादेश अंक तालिकाको पाचौ स्थानमा उक्लिएको छ । यो बंगलादेशको एक दिबशीय इतिहास कै सबै भन्दा ठुलो 'रन चेज' हो  अर्थात् बंगलादेशले दोस्रो दोस्रो पटक ब्याटिंग गरेर लक्ष्य भेट्टाएको यो नै अहिले सम्मको ठुलो स्कोर हो   साथै जारी बिश्वकपमा अहिलेसम्मको खेलमा कसैले पनि जितको लागि यति धेरै रन चेज गरेका थिएनन्  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved